आन्दोलनरत्त शिक्षकहरुको माग पुरा होस् : राजेन्द्रप्रसाद चौधरी

  • असोज ११, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ११ गते । 

सिरहा -१ क प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले नौ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको मागलाई पुरा गर्नुपर्ने बताउनु भएको छ । 

 आज नौ दिनदेखि विद्यालय घर जिल्ला छाडेर राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटाका शिक्षकहरु स्थायीको माग गर्दै गरि रहेको आन्दोलन जायज रहेकोले सरकारले पुरा गर्नुपर्ने उहाँले बताउनुभयो । 

'स्थायी नहुँदा मनोबल कमजोर र निरास रहेका शिक्षकहरुको माग जायज छ । आन्दोलन गरेरै माग पुरा गराउनुपर्ने अभ्यासपनि ठिक भएन । वर्षौदेखि काम गरिरहेका शिक्षकहरुलाई स्थायी गर्ने बुँदा शिक्षा विधेयकमा आउनुपर्दथ्यो,त्यो नआउनु कमजोरी हो,माननीय चौधरीले जोडदिनुभयो । 

सिरहाबाट सङघमा प्रतिनिधित्व गर्नुहुने मानीयहरुले यस विषयमा आवाज उठाउनुको साथै आन्दोलनरत शिक्षकहरुको राजधानीमा खाना र आवासको समेत व्यवस्थापनमा लाग्नुपर्ने ध्यान आकर्षित गराउनुभयो । 

शिक्षक महासङ्घले राहत बालविकास पेन्सन बञ्चित र प्लस टु का शिक्षकहरुको माग छाडेर सरकारसँग वार्ता गरेर सम्झौता गरेको भोलिपल्टदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A