शान्तिपूर्ण बजार अनुगमनमा व्यवसायीहरुद्वारा हातपात र दुव्र्यवहार

  • असोज १८, २०८०
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता

लहान । सिरहाको गोलबजारमा नियमित शान्तिपूणर् बजार अनुगमनको क्रममा स्थानीय व्यवसायीहले अनुगमन टोलीमाथि हातपात र दुव्र्यवहार गरका छन्।

बुधबार बजार अनुगमनका क्रममा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालयका लहान र गोलबजार नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको संयुक्त टोलिको शान्तिपूणर् अनुगमनमा केही व्यवसायीहरुले दुव्र्यवहार र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पुर्‍याएका हुन्।
नियमित बजार अनुगमनको क्रममा आफूहरुमाथि भएको घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कार्वाहीको माग समेत अनुगमन टोलीले गरेका छन्।

यता व्यसायीहरुले प्रेस विज्ञप्ती जारी गरी संयुक्त अनुगमन टोलिले पसल अनुगमनको नाममा व्यापारीहरुलाई अनावश्यक दुःख दिने नियतले जरिवाना गरी मानसिक तथा आर्थिक यातना दिँदै आतङक मचाएपछि स्थानिय व्यापारीहरु र अनुगमनटोली विच भनाभनको स्थिती सिर्जना भएको उल्लेख गरेको छ।

व्यसायी र अनुगन टोलिविच भएको तनावपछि स्थानीय व्यवासायीले बजारबन्द गरेर एक घण्टा पूर्वपश्चिम राजमार्ग मन्द गरेका थिए। प्रहरीले बन्द खुलाएपछि आक्रोसित व्यसायी नगरपालिकामा तालाबन्दी गर्न पुगेका थिए।

बजार अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती साह र इलाका प्रशासन कार्यालयका प्रतिनिधि लगायतका रहेका थिए।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A