पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

  • असोज १८, २०८०
  • समृद्धिपथ
alt

लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ।

गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो ।

महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

सिरहामा भईरहेको प्रेस स्वतन्त्रता विरोधी गतिविधि उपर गम्भीर ध्यानाकर्षण गराउदै पत्रकारलाई स्वतन्त्रतापूर्वक बाँच्न र लेख्न दिने संवैधानिक अधिकारको रक्षाका लागि सबैसंग अनुरोध गरेका छन् ।

पत्रकार बराइलीका अनुसार लहान नगर प्रमुख महेश प्रसाद चौधरीको इसारामा जर्घामगर योजनाबद्ध ढंगले आफूविरुद्ध परिचालन भएको छ । बराइलीले उनलाई स्पष्टीकरण सोधी कानुनबमोजिम कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।

विगत केही दिनदेखि पत्रकार बराइली लहान नगरपालिकाको घटना र बेतिथीका बारेमा समाचार लेख्दै आएका थिए ।

Press bigyapti

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A