गोलबजार उद्योग ब्यापार संघद्वारा गल्ती स्विकार, अनुगमनकारी र व्यवसायी बीच सहमति

  • असोज १८, २०८०
  • समृद्धिपथ
alt

सुरेश राय,

सिरहा । सिरहाको गोलबजारमा हिजो बुधबार अनुगमनका क्रममा भएको विवाद सहमतिमा टुंगिएको छ । अनुगमनटोली र व्यवसायीहरु बिच भएको बिबाद आज जिल्ला प्रशासन कार्यलय सिरहामा सहमती भएको हो ।

बजार अनुगमन गर्ने क्रम्मा अनुगमनकारी र व्यवसायीहरु बिच भएको बिबाद आज जिल्ला प्रशासन कार्यलय सिरहामा दुई पक्षबिच बर्तामा सहमती भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पान्डेले जान्कारी दिनुभयो ।

यता, घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रमुख दिपेन्द्र यादबले भने, दुई पक्ष बिच भएको बर्तामा उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष बिजय साहले आफुहरुबाट गल्ती भएको भन्दै गल्ती स्विकार गरेपछी सहमती भएको जनाए । प्रमुख यादबले, आफुहरुलाई एक सता पछि पुनः अनुगमनमा आउन अध्यक्ष साहले आग्रह समेत गरेका छ्न ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज तथा घरेलु साना उद्योग कार्यलय लहानका प्रतिनिधिहरुले बुधबार बजार अनुगमनको क्रममा व्यवसायीहरुले आफुहरु माथी हातपात र दुव्र्यवहार गरेको आरोप लगाएका थिए । सो बिबाद बर्तामा सहमती भएका छ्न ।

गोलबजारमा बुधबार बजार अनुगमनका क्रममा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालयका लहान र गोलबजार नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको संयुक्त टोलिले शान्तिपूणर् बजार अनुगमन गर्दै गरेको बेला केही व्यवसायीहरुले दुव्र्यवहार र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पुर्‍याएका थिए ।

आज जिल्ला प्रशासन कार्यलय सिरहामा बसेको बैठकमा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उद्योग व्यापार संघ गोलबजारका प्रतिनिधिहरु, घरेलु तथा साना उद्योग कार्यलाय लहानका प्रमुख दिपेन्द्र यादब, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका सुरेश रेग्मी सहित रहेको थियो ।

उक्त बैठक सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पान्डेको रोहबरमा बसेको थियो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A