प्रविधिमैत्री शिक्षणको लागि ल्याबटप वितरण

  • कार्तिक १, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
सिरहा बरियारपटि गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री जनता माध्यमिक विद्यालय देउरीपटि शिवनगरका शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणको लागि ल्यावटप वितरण गरिएको छ । ल्याबटप पाएका शिक्षकहरु उत्साहित देखिएका हुन् ।

मधेश प्रदेशको नमूना विकास कार्यक्रम अन्नर्गत १६ थान ल्याबटप वितरण गरिएको प्रधानाध्यापक उमेश साहले बताउनुभयो । उहाँको अनुसार २००७ सालमै सञ्चालनमा आएको देउरीपटि माध्यमिक विद्यालय केहि वर्ष पहिले अवस्था दयनीय हुन पुगेको थियो । गाउँपालिका बरियारपटि र मधेश प्रदेश सरकारले शैक्षिक र भौतिक अवस्था मजबूत गर्न सहयोग गर्न थालेपछि अहिले विद्यालयमा पाँच सयबाट विधार्थी संख्या बढेर नौ सयमा पुगेका छन् ।
पहिले चरणमा शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षण सिकाईको लागि ल्याबटप वितरण गरिएको दोस्रो चरणमा प्रधानाध्यापक लेखापाल लगायतका कर्मचारीहरुलाई समेत वितरण गरिने कार्यक्रम रहेको प्रअ साहले भन्दै दसैं विदामा ल्यावटप प्रयोगमा ल्याउने तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

ल्याबटप पाएपछि खुसी हुँदै शिक्षक गङगा प्रसाद यादवले भन्नुभयो,‘हामीहरुले ल्याबटप पाएपछि प्रविधिमत्रै शिक्षण सिकाइ कार्यलाई व्यवहारमा उतारेर ग्रामीण देहातमा रहेको यस विद्यालयलाई नमूना विद्यालय बनाउन शिक्षणलाई प्रभावकारी बनाउन हौसला प्रदान भएको छ ।’

७० प्रतिशत छात्रा र ३० प्रतिशत छात्र मात्रै रहेको यस विद्यालयमा समाजका अगुवा राजनीति दलका नेताहरु, जनप्रतिनिधिहरु सबैले यसै विद्यालयमा आफना बालबालिकाहरुलाई भर्ना गराएर यस पुरानो विद्यालयको साँख उठाउन लागि परेको गाउँपालिका अध्यक्ष सन्तिोष कुमार महतोले बताउनुभयो । उहाँले थप्नुभयो,‘प्रधानाध्यापकको इमानदारिता लगनशीलता देखेर यस विद्यालयको अधुरा पाँच वटा भवन निर्माण कार्यको लागि गाँउपालिकाबाट बजेट दिइएको हो । भौतिक पक्ष सवल बनाउन गाँउपालिकाले आवश्यक सहयोग गरिरहनेछ ।’
छ जना स्थायी माध्यमिक ,तनि जना निम्नमाध्यमिक,सात जना प्राथमिक तह गरी १६ जना शिक्षकहरुलाई प्रति एक लाख विस हजा्र पर्ने विस लाखभन्दा बढी रकमको ल्याबटप वितरण गरिएको हो । हरेक कक्षामा स्मार्टबोर्ड समेत रहेको देउरीपटि माध्यमिक विद्यालयको सुधार भएपछि आउने शैक्षिक सत्रदेखि विधार्थी भर्नाको ओइरो लाग्ने स्थानीय अभिभावकहरुले बताउनुभयो ।

ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा स्थानीय पालिकाहरुले निगरानी अनुगमन र आवश्यक बजेटको ववयस्थापन गर्न थालेपछि सामुदायिक विद्यालयहरुमा व्यापक सुधार देखिनुको साथै विधार्थीहरु संस्थागत विद्यालयहरु छाडेर विधार्थीहरु सामुदायिक विद्यालयमा पmिर्कन थालेको शिक्षा विकास तथा समन्वय इकाई सिरहाको प्रमुख शशि कुमार यादवले प्रष्टयाउनुभयो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A