चाडपर्वको मुखमा लहानमा सुनसान,लौकहामा भीडभाड

  • कार्तिक ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी

 केहि दशक आगाडि चाडपर्वको मुखमा लहानको बजारमा निकै भिडभाड हुने गर्दथ्यो । पहाडी जिल्ला र मधेशको देहात क्षेत्रका सबैको सामान खरिद गर्ने गन्तव्य लहान बजार नै थियो । तर अहिले लहानमा सुनसान र भारतीय सीमा क्षेत्रमा रहेको लौकहा खुटौना लदनिया र जयनगरको बजारमा निकै भिडभाड देखिएको छ । 

सगरमाथा अञ्चलकै व्यापारी नगरीको रुपमा चिनिएको लहानको व्यापारमा ह्रास आउनुको कारण के के होला ? यस बिषयमा सम्बन्धित सरोकारवालाहरुलाई गम्भीर हुन आवश्यक छ । दसैमा लहानको दुर्गा मन्दिर वरिपरि रहेको कपडा भाडवर्तन सुन चाँदी किराना सामान खरिद गर्न उदयपुर खोटाङग वखलढुङगा सिरहा र सप्तरीको पश्चिमी भेगका मानिसहरु बजार गर्न आउथ्यो । बजारमा सामान खरिद गर्न आउने मानिसहरुको ओइरोले होटेल नास्ताका पसलहरु भरि भराउ रहन्थ्यो । लहानलाई गन्तव्यको बजार वनाउने ग्राहकहरु अहिले लौकहालाई गन्तव्यको बजार बनाइ रहेको छ । 

IMG_20231022_140759

लोकमार्गमा पर्ने बजारहरुको अवस्था नाजुक हुनुको कारण के के हुन सक्छ ? यस बिषयमा गहिरिएर दृष्टि पुर्याउनुपर्ने आवश्यक्ता छ । यसको लागि लहान र लौकहामा पाउने सामानहरुको मूल्यमा समायोजन हुनपर्छ । पाँच हजारको किराना सामानहरु लौकहा बजारमा खरिद गर्दा एक देखि डेढ हजार बचत भइरहेकोले लहान बजारका स्थानीयहरु समेत नुन तेल लगायतका किराना सामानहरु खरिदको लागि लौकहा बजार नै रोजिरहेको छ । 

IMG_20231022_151323

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानले सिरहाका लोकमार्गमा पर्ने बजारहरुमा व्यापार उद्योगलाई बढावा दिन बजार मूल्यमा सन्तुलन ल्याउन पहल थाल्नुपर्छ । पुरानो चावल मिलहरु सञ्चालनमा ल्याएर स्थानीय चावल बिक्रीको माहोल बनाउन जरुरी छ । दसै चाडदेखि छठ पर्वसम्म धार्मिक महोत्सव गरी मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु गरी गुम्दै गइरहेको व्यापारलाई सहि ट्रायकमा ल्याउन पहल हुनुपर्छ । बोर्डरहरुमा भइरहेको तश्करी रोक्न पनि सरकारका सुरक्षा निकायहरु सक्रिय हुनुपर्छ । 

IMG_20231022_134956

हाम्रो लहान समृद्ध लहसन,हाम्रो लहान समुन्नत र सुन्दर लहानको नारा कार्यान्वयन गर्न लहानको व्यापार व्यवसायलाई चौपट पारेर हुँदैन । लहानको व्यापार व्यवसायको दायरा बढाउन लहान नगरपालिकाले पहलकदमी लिनुपर्ने जन स्तरबाट उठिरहेको यो आवाजलाई सुनेर योजना बनाइ आउने वर्षदेखि लहान बजारको व्यापार व्यवसायलाई सहि दिशामा अघि बढाउन आवश्यक छ । 

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A