चाडपर्वको मुखमा लहानमा सुनसान,लौकहामा भीडभाड

  • कार्तिक ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी

 केहि दशक आगाडि चाडपर्वको मुखमा लहानको बजारमा निकै भिडभाड हुने गर्दथ्यो । पहाडी जिल्ला र मधेशको देहात क्षेत्रका सबैको सामान खरिद गर्ने गन्तव्य लहान बजार नै थियो । तर अहिले लहानमा सुनसान र भारतीय सीमा क्षेत्रमा रहेको लौकहा खुटौना लदनिया र जयनगरको बजारमा निकै भिडभाड देखिएको छ । 

सगरमाथा अञ्चलकै व्यापारी नगरीको रुपमा चिनिएको लहानको व्यापारमा ह्रास आउनुको कारण के के होला ? यस बिषयमा सम्बन्धित सरोकारवालाहरुलाई गम्भीर हुन आवश्यक छ । दसैमा लहानको दुर्गा मन्दिर वरिपरि रहेको कपडा भाडवर्तन सुन चाँदी किराना सामान खरिद गर्न उदयपुर खोटाङग वखलढुङगा सिरहा र सप्तरीको पश्चिमी भेगका मानिसहरु बजार गर्न आउथ्यो । बजारमा सामान खरिद गर्न आउने मानिसहरुको ओइरोले होटेल नास्ताका पसलहरु भरि भराउ रहन्थ्यो । लहानलाई गन्तव्यको बजार वनाउने ग्राहकहरु अहिले लौकहालाई गन्तव्यको बजार बनाइ रहेको छ । 

IMG_20231022_140759

लोकमार्गमा पर्ने बजारहरुको अवस्था नाजुक हुनुको कारण के के हुन सक्छ ? यस बिषयमा गहिरिएर दृष्टि पुर्याउनुपर्ने आवश्यक्ता छ । यसको लागि लहान र लौकहामा पाउने सामानहरुको मूल्यमा समायोजन हुनपर्छ । पाँच हजारको किराना सामानहरु लौकहा बजारमा खरिद गर्दा एक देखि डेढ हजार बचत भइरहेकोले लहान बजारका स्थानीयहरु समेत नुन तेल लगायतका किराना सामानहरु खरिदको लागि लौकहा बजार नै रोजिरहेको छ । 

IMG_20231022_151323

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानले सिरहाका लोकमार्गमा पर्ने बजारहरुमा व्यापार उद्योगलाई बढावा दिन बजार मूल्यमा सन्तुलन ल्याउन पहल थाल्नुपर्छ । पुरानो चावल मिलहरु सञ्चालनमा ल्याएर स्थानीय चावल बिक्रीको माहोल बनाउन जरुरी छ । दसै चाडदेखि छठ पर्वसम्म धार्मिक महोत्सव गरी मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु गरी गुम्दै गइरहेको व्यापारलाई सहि ट्रायकमा ल्याउन पहल हुनुपर्छ । बोर्डरहरुमा भइरहेको तश्करी रोक्न पनि सरकारका सुरक्षा निकायहरु सक्रिय हुनुपर्छ । 

IMG_20231022_134956

हाम्रो लहान समृद्ध लहसन,हाम्रो लहान समुन्नत र सुन्दर लहानको नारा कार्यान्वयन गर्न लहानको व्यापार व्यवसायलाई चौपट पारेर हुँदैन । लहानको व्यापार व्यवसायको दायरा बढाउन लहान नगरपालिकाले पहलकदमी लिनुपर्ने जन स्तरबाट उठिरहेको यो आवाजलाई सुनेर योजना बनाइ आउने वर्षदेखि लहान बजारको व्यापार व्यवसायलाई सहि दिशामा अघि बढाउन आवश्यक छ । 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A