सामाजिक विकृति हटाउन लागौ : सांसद रामशङ्कर यादव

  • कार्तिक ९, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

सिरहा -१ का संघीय सांसद राम शङकर यादवले सामाजिक विकृति हटाउन यादव समुदाय अघि बढ्नुपर्ने बताउनु भएको छ । 

गोपाल सेवा समिति लहानले आयोजना गरेको दसैं,दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

मधेशमा १४ प्रतिशत यादव समुदाय रहेको उहाँले भन्दै यो समुदाय सामाजिक विकृति हटाउन र सामाजिक न्यायको लागि अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो । 

दसैंले शक्ति दिपावलीले सम्पति र छठ पर्वले सुस्वास्थ्य राखुन शुभकामना ब्यक्त गर्दै सांसद यादवले भन्नुभयो,'यादव समुदायमा रहेको राम्रो पक्ष अन्य समुदायले सिक्नुपर्ने र अन्य समुदायको राम्रो पक्ष यादव समुदायले ग्रहण गर्न आवश्यक छ ।' 

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य सिरहा इन्चार्ज समेत रहनु भएको सत्य नारायण यादवले गोपाल सेवा समिति भावनात्मक एकताको लागि चुकेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,' आफ्नै घरभित्र मार्यादाक्रमको ख्याल नगरे छिमेकीले के गर्ला ? आजको कार्यक्रममा मेरो मान मर्दनभयो । यहि रबैया रहि रहे आइन्दा गोपाल सेवा समितिले आयोजना गरेको कार्यक्रममा आउँदिनँ ।' मनमा कैंची राखेर एकता संभव हुँदैन,मनसाय र नीयत सहि भएमात्रै यादवहरुको भावनात्मक एकता हुने उहाँले बताउनुभयो । 

IMG_20231026_165108

कार्यक्रममा एकदर्जनभन्दा बढी यादव समुदायका अगुवाहरुले शुभकामना व्यक्त गर्दै यादव समुदाय किन पछि परिरहेको छ ? त्यसको खोजी गर्दै अघि बढ्नुपर्ने तर्क गर्नुभयो । 

गोपाल सेवा समितिका संरक्षक हरि नारायण यादव पुर्व मन्ती राजलाल यादव गोपाल सेवा समितिका पुर्व अध्यक्षहरु राम बिनय यादव विशेश्वर यादव रिता यादव लेखापढी व्यवसायी संघ लहानका अध्यक्ष राम नारायण यादव ,चितवन जिल्लाको गोपाल सेवा समितिको अध्यक्ष शैलेन्द्र यादव रिता यादव र अनिता यादवको मञ्चमा उपस्थिति रहेको थियो ।

IMG_20231026_171855

तीन कठा १५ धुर जग्गामा अढाइ करोडको लागतमाका एकसभाहल सहित २३ कोठा भवन निर्माण भएको गोपाल सेवा समितिको प्राङगनमा ३० लाखको लगानीमा गोपाल सेवा समितिका संस्थापक अध्यक्ष पवन यादवले कृष्णको मन्दिर निर्माण गर्नु भएको छ । गोपाल सेवा समितिको भवन निर्माणको लागि दसलाख चन्दा कचनारी निवासी जितेन्द्र यादवले चन्दा दिएर शिलान्यास गर्नु भएको थियो । अहिलेसम्म ३३४ जना यादवले दुइ करोडभन्दा बढी चन्दा दिइएका छन् । गोपाल सेवा समितिको भवन लहानको ट्राफिक कार्यालय नजिक लोकमार्गमा रहेको छ । 

IMG_20231026_170253

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A