सिरहामा विद्यालयमै पासो लागेको अवस्थामा भेटिए प्रधानाध्यपक

  • कार्तिक १९, २०८०
  • समृद्धिपथ
alt

मुकेश कुमार यादव

सिरहा, १९ कात्तिक । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्। 

बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए। 

रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्ने ठानेर खोजी नगरेको बताइएको छ। केहीबेरमा कैँचीगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको कार्यरत एक शिक्षकले बताए। 

घटना थाहा पाउन साथ प्रहरीलाई खबर गरेका थिए। प्रहरुले आफन्तलाई बोलएर शव मुचुल्का उठाउन भने पनि परिवारले घटना शंकास्पद रहेको भन्दै पासो काट्न दिएको छैनन्।

newskarkahna-news590411. newskarkahna-news590413.

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A