सिरहामा विद्यालयमै पासो लागेको अवस्थामा भेटिए प्रधानाध्यपक

  • कार्तिक १९, २०८०
  • समृद्धिपथ
alt

मुकेश कुमार यादव

सिरहा, १९ कात्तिक । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्। 

बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए। 

रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्ने ठानेर खोजी नगरेको बताइएको छ। केहीबेरमा कैँचीगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको कार्यरत एक शिक्षकले बताए। 

घटना थाहा पाउन साथ प्रहरीलाई खबर गरेका थिए। प्रहरुले आफन्तलाई बोलएर शव मुचुल्का उठाउन भने पनि परिवारले घटना शंकास्पद रहेको भन्दै पासो काट्न दिएको छैनन्।

newskarkahna-news590411. newskarkahna-news590413.

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A