सखुवान्नकारकटि गापामा पुन: मतगणना नहुने

  • कार्तिक २२, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,कातिक २२ गते ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले सखुवानन्कारकटिमा विपक्षीली दिएको जाहेरीमा अपुष्ट प्रमाण रहेकोले पुन: मतगणना गर्नुनपर्ने फैसला सुनाएको छ । 

 नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदबार हुनु भएको शत्रुधन प्रसाद साह २६ मतले पराजित भएपछि मतगणनामा चित नबुझेको भनी मतगणना बदर हुनु पर्ने माग गरी २०७९ जेठ १० गते अदालतमा जाहेरी दिनु भएको थियो ।

आज बुधवार २२ गते कायिक उच्च अदालत जनकपुरको राजविराज १ नम्बर इजलासले पुन: मतगगणनाको लागि गरिएको दावीको प्रमाण नपुगेपछि पुन: मतगणना नहुने फैसला गरिएको हो । 

फैसलापछि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले सम्मानित अदालतबाट न्याय पाएकोमा खुसी भएको बताउनुभयो । दोस्रो पटक गाउँपालिकामा निर्वाचित भएपछि सुन्दर सम्पन्न सखुवानन्कारकटि गाउँपालिका बनाउन काम गर्न थालेपछि असहयोगको वातावरण बन्दै गइरहेकोबेला सम्मानित अदालतले निर्धक्क भएर काम गर्न न्याय गरेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो,'दजइ पटक मैले जनताबाट चुनिएको थिए,अदालतको फैसलापछि तेस्रो पटक जितेको अनुभूति भइरहेको छ ।' 

सखुवानन्कारकटि गाउँपालिकाको शिक्षक कर्मचारीहरुको तलव निकासा गरी चाँडै विकास निकासको लागि केन्द्रित हुने बताउनुभयो । 

२०७४ सालमा नेकपा एमालेबाट निर्वाचित यादव दोस्रोपटक नेकपा एकिकृत समाजवादीबाट दोस्रोपटक निर्वाचित हुनु भएको हो । पहिलोपटक गापा अध्यक्षमा निर्वाचित भएर प्रदेशकै सबैभन्दा कान्छा अध्यक्षको रुपमा रहनु भएकोथियो । 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A