न्याय अझैपनि सहज छैन : देव कुमारी महरा

  • कार्तिक २४, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,कातिक २४ गते ।
महिला अधिकारको क्षेत्रमा निरन्तर १३ वर्षदेखि काम गर्दै आइरहेको मुक्ति नेपालका अध्यक्ष देव कुमारी महराले व्यवस्था परिवर्तन भएपछि न्याय सहज हुने आशा गरिएको थियो तर अझैपनि न्याय सहज हुन नसकको चिन्ता व्यक्त गर्नुभयो ।शुक्रबार गोलबजारमा आयोजना गरिएको पत्रकारहरुसँगको समन्वयात्मक बैठक तथा शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो चिन्ता व्यक्त गर्नुभयो ।

महिलाहरुमाथि भइरहेको हिंसा अझैपनि नियणत्रण हुन नसकिरहेको उहाँले भन्दै अदालती न्याय निकै महगो भएको बताउनुभयो । अध्यक्ष महराले भन्नुभयो,‘स्थानीय तहमा न्ययिक समितिले अझैपनि गति लिन सकिरहेको छैन् । हिंसा पीडित महिलाहरु न्याय दिलाउन हामी महिला अधिकारकर्मीहरु जोखिमता मोलेर निरन्तर आवाज उठाउँदै आइरहेका छौ ।’मुक्ति नेपालका निर्देशक महिला अधिकारकर्मी श्याम श्याम साहले महिला हिंसाभन्दा सामाजिक न्यायको विषयमा पत्रकार मित्रहरुले कलम चलाई दिन आग्रह गर्नुभयो । सिरहाको नौ वाटा पालिकाहरुमा परियोजना चलाएर काम गरिरहेको जानकारी दिनुभयो ।

गोलबजार नगरपालिकाले बालविवाह मुक्त नगरपालिका बनाउन कार्यविधि बनाउनु लागेकोमा खुसी व्यक्त गर्नुभयो । ७७ वटा घटना अभिलेख गरिएको निर्देशक श्याम साहले जानकारी दिँदै महिला हिंसा १५,घरेलु हिंसा २९,मानसिक यातना ९ अपहरण १,बालात्कार २ कुटपिट ९ वटा घट्ना घटेको छ भने गोलबजार नगरपालिकाको दुइवटा वडाहरुमा बालविवाहको २१ व्टा घटनाहरु , ७ वटा वालविवह र ३ वटा प्रेमविवाह गरिरहेको बालविवाह रोक्न सफल भएको बताउनुभयो ।

‘महिलाहरुलाई सुरक्षावासमा राखेर हिंसा पीडितहरुलाई राहत दिइने काम समेत गरिरहेका छौ । परिवारले पुर्नस्थापनाको लागि स्वीकार नगर्दा सरकारले अभिभावकत्व दिन आवश्यक छ,’उहाँले भन्नुभयो ।१६ दिने अभियान आउन लागेको अधिकारकर्मी साहले भन्दै अभियानमा हिंसामुक्त समाज निर्माणको लागि उठाइने सवालहरुलाई पत्रकारहरुले प्राथमिकताको साथ उठाइ दिन आग्रह गर्नुभयो ।

 वरिष्ट पत्रकार अर्जुृन थपलियाले आफू २०५५ सालमा दलित अभियानलाई अघि बढाउँदा निकै जोखिम मेलनु परेको प्रसङग कोट्याँउदै अभियानकर्मीहरु हिम्मत नहारे निरन्तर उच्च मनोवलकोसाथ काम गरिरहनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘पुरानै ढाँचामा कार्यक्रम गरेर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार हुँदैन , यसको लागि नयाँ तौरतरिका खोज्नुपर्ने आवश्यक्ता छ ।’

 

उपाध्यक्ष जगतप्रसाद ...

गोलबजार । श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क ...

लहान नगरपालिकामा ब्र ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका मेयर महेश ...

वार्ताको निष्कर्ष : ...

जीवछ उदासीलहान,पुस २८गते । लहान–२२ का कृषक रामचन ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी सिरहा । मानव अधिकार एलायन्स सिरहाको तेस ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A