श्मसानघाट नहुँदा दाह संस्कारमा समस्या

  • कार्तिक २८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,कातिक २८ गते । 

 लहान- ८ निवासी पशुपति आदर्श माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक श्री जेएस मुरारका बहुमुखी क्याम्पसको संस्थापक नेपाली विषयका प्राध्यापक विश्वनाथ महतोको दाह संस्कारमा सहभागीहरुले ११ बजेको घाममा कतै वस्ने छाहारी नहुँदा सबैको मुखबाट निस्केको साझा शब्द थियो । लहानमा श्मसानघाट निर्माण नहुँदा ठूलो समस्या भइरहेको छ । 

IMG_20231114_120529

लहान-४ खुटी खोलामा श्मसानघाट निर्माणको लागि पहलै नभएको होइन । लहान नगरपालिकाले दुई करोडभन्दा बढीको लगानीमा टेण्डर ठेक्का सबै लागि सकेको थियो । लहान-४ का वडाध्यक्ष रामनाथ पण्डितको नेतृत्वमा श्मसानघाट निर्माणको कार्यमा खटिएका प्राविधिकहरुलाई काम गर्न दिइएको थिएन । यहि अवरुद्ध र रोकाबटको कारण लहान-४ श्मसानघाट निर्माण हुन सकिरहेको छैन । आज विश्वनाथ महतोको दाह संस्कारमा पुर्व मन्त्री प्रदेश सभाका सदस्यहरु नगरप्रमुख उपप्रमुख वडाध्यक्ष ज्युहरु समाजका अगुवा व्यक्तित्वहरु चर्को घाममा टाउकोमा गम्छी राखेर दाह संस्कारहुञ्जेल खुल्ला मैदानमा बस्नु परेको थियो । 

IMG_20231114_112152

घामपानी दुबै समयमा व्यवस्थित तरिकाले लासको दाह संस्कार गर्न लहान नगरपालिका ४,५,६,७,८ नम्बर वडाको लासको दाह संस्कारको केन्द्र रहेको खुटी खोलामा श्मसानघाट बन्नुपर्ने माग उठेपछि लहान -४ र ५ नम्बर वडामा पर्ने खुटी खोलामा पुर्व मेयर मुनि साहको कार्यकालमा नै श्मसानघाट निर्माणको लागि दुइ करोड बजेट बिनियोजन गरिएको थियो । कैयनपटक प्रयास गर्दापनि घाट निर्माण नहुँदा बजेट फ्रिज भएको थियो । 

IMG_20231114_095322

७६ वर्षको उमेरमा विश्वनाथ महतोको निधन भएको खबर पाएपछि पु्र्वमन्त्री नेपाली काँग्रेसको केस पद्म नारायण चौधरी,प्रदेशसभामा पूर्व माननीय लगनलाल चौधरी,वर्तमान प्रदेशसभामाका सदस्यहरु राजेन्द्रप्रसाद चौधरी,शत्रुधन प्रसाद सिंह कोइरी नगरपालिका पुर्व मेयर मुनि साह,वर्तमान मेयर महेश प्रसाद चौधरी,नेपाली काँग्रेसका युवा नेता सन्तोष चौधरी नेकपा एमाले नगर अध्यक्ष राजकुमार साह,नेकपा माओवादी केन्द्रका अध्यक्ष हेमन्त कुमार यादव नेपाली काँग्रेसका नेता राम सुन्दर चौधरी लगायत सय भन्दा बढी मलामीहरु दाह संस्कारमा सहभागी भएका थिए । 

IMG_20231114_111935

कुशवाहा समाजका मात्रै नभएर लहानका एक विद्वत हस्ती विश्वनाथ महतो रहनु भएकोले आज लहानका हरेक दल र हरेक समुदाय जनप्रतिनिधि र पत्रकारहरु दाह संस्कारमा सहभागी भएर उहाँप्रति मरणोपरान्त हार्दिक श्रद्धाञ्जली दिएकाथिए । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A