एमबिबिएस पढ्ने र विमान उडाउने विधार्थीहरु सम्मानित

  • मंसिर ७, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,मंसिर ७ गते । 

लहान- ६ स्थित लिट्टिल स्टारबाट कक्षा १० र कक्षा ११ र १२ उतीर्ण गरेका तीन जना विधार्थी एमबिबिएस अध्ययनको लागि छात्रवृत्तिमा नाम निकालन सफल भएका र कक्षा -१० अध्ययनरत छात्रले विमान उडाउन सफल भएका चारैजना विधार्थीहरुलाई विहिवार नगद सहित फूलको माला लगाई बिद्यालयका संस्थापक प्रिन्सिपल जय प्रकाश चौधरी (जेपी)ले सम्मान गर्नु भएको छ । 

 सम्मानित हुने विधार्थीहरुमा प्रयास यादव,नन्द किशोर आर्य र नवेन्द्र कुमार साह रहेका छन् । आर्य ५९ नम्बरमा ,यादव ११२ र साह १०८ नम्बरमा एमबिबिएस अध्ययनको लागि नाम सफल भएका हुन् । सुखीपुर नगरपालिका -५ घर भएको आर्य क्क्षा ७ देखि एसइइ सम्म लिटिल स्टार बोर्डिङ्ग स्कूलमा अध्धयन गरेको थियो । सिरहा लक्ष्मीपुर पतारी -४ धनछवार घर भएको प्रयास यादव समान्य किसान परिवारका विधार्थी ७ देखि एसइइ लिटिल स्टार बोर्डिङ स्कूलबाट उतीर्ण गरेको थियो । यसैगरी लिट्टिल स्टार कक्षा ११ र १२ विज्ञानमा उतीर्ण नवेन्द् कुमार साह सप्तरी सप्तरी बलान बिहुल गापा घर भएको समान्य किसान परिवारको रहेको छ । 

तीनै जना विधार्थीहरु एमबिबिएसमा नाम निकालेकोमा आफू अति गौरवान्वित भएको लिटिल स्टारका प्रिन्सिपल जय प्रकाश चौधरीले तीनै जना विधार्थी एक कुसल चिकित्सक भएर देशको सेवा गर्ने आशीर्वाद दिँदै तीनै जनालाई प्रति विधार्थी पाँच पाँच हजारको दरले नगद पुरस्कार सहित प्रमाणपत्र समेत दिनुभयो । 

IMG_20231123_100740

तीन वर्षको निर्नतरको प्रयासबाट फाइ रको हवाई विमान १० मिनेटसम्म माथि एक किलोमिटरसम्म उडान सफल भएको कक्षा -१० मा पढ्ने पंकज कुमार गुप्तालाई पाँच हजार प्रोत्साहन स्वरुप पुरस्कार प्रिन्सिपल चौधरीले दिँदै भविष्यमा गुप्ता वैज्ञानिक बन्ने आशीर्वाद दिनुभयो । केहि दिन पहिले बरियारपटिमा भएको विज्ञान प्रदर्शनीमा गुप्ताले उडाएको हवाइ विमानलाई कुनै स्थान नदिएपछि लिट्टिल स्टार बोर्डिङ्ग स्कूल परिवारले आज आफै हिम्मत बढाउन पुरस।कृत गरेको छ । हवाइ विमान उडाउने कक्षा -१० मा अध्ययनरत विधार्थी पंकज गुप्ता बताउँछ,' तीन वर्ष युट्युव गुगलमा हवाइ विमान उडाउने तरीका सिक्नुको साथै विध्यालयको विज्ञान पढाउनुहुने गुरुको प्रेरणाबाट सफल भएँ । 

लिटिल स्टारका प्रिन्सिपल जेपी चौधरीले १६ सय विधार्थी रहेको यस विद्यालयमा हरेक विधार्थीमाथि निगरानी गर्न अहोरात्र मेहनत गरेको लगानी अनुसार विधार्थी उत्पादन भइरहेकोमा मेहनेतको फल मिठो हुन्छ भने अनुभूति भएको बताउनुभयो । उहाँले थप्नुभयो,' म कर्ममा विश्वास गर्छु अनावश्यक तडकभडक र विज्ञापनमा होइन ।' 

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A