दोस्रो क्याम्पस सभा सम्पन्न गुणस्तरीय शिक्षा हाम्रो साझा संकल्प

  • मंसिर २४, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,मंसिर २४ गते । 

लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको दोस्रो क्यामपस सभा सम्पन्न भएको छ । सभाका सदस्यहरुले गुणस्तरीय शिक्षा हाम्रो साझा संकल्प भएको बताउनु भएका छन् । 

क्याम्पसको मन्नार्थ अध्यक्ष दाता परिवारका मुरारीलाल मुरारकाको अध्यक्षतामा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तथा लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीको उपस्थितिमा बसेको सभाको बैठकमा प्रमुख अतिथि सिरहा -१ का संघीय सांसद राम शङकर यादव,अतिथिहरु तथा क्यामपस सभाका पदेन सदस्यहरु संघीय समानुपातिक सांसद गङ्गा प्रसाद यादव,प्रदेशसभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी ललिता दास,संस्थापक अध्यक्ष लगनलाल चौधरी पूर्व अध्यक्ष राम सुन्दर चौधरी लगायत क्यामपस सभाका सदस्यहरु सहभागी भएका थिए । 

क्याम्पसको विधानमा भएको प्रावधान अनुसार सञ्चालक समितिका बैठकबाट पारित भएको बजेटलाई क्याम्पससभाबाट अनुमोदन गराउनुपर्नेछ उल्लेख भएकोले आज दोस्रो क्याम्पस सभा सम्पन्न भएको हो । असोज ११ गते प्रथम क्याम्पससभाबाट लहान नगरपालिकाको नगरप्रमुख समेत रहनु भएको नगरप्रमुख महेश प्रसाद चौधरी अध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

प्रमुख अतिथि संघीय सांसद राम शङकर यादवले यस क्याम्पसको उन्नयनको लागि संघीय र प्रदेश सभाका माननीयहरु आफ्नो स्तरबाट भूमिका खेल्न तयार रहेको बताउनुभयो । 

क्याम्पसको भौतिक शैक्षिक कर्मचारी व्यवस्थापन र प्राध्यापकहरुको सेवा सुविधा लगायत विषयहरुमा प्रदेशसभाका सदस्यहरुले सुझाव दिनु भएको थियो । 

प्राप्त सुझावहरुलाई ग्रहण गर्दै यस क्याम्पसको शैक्षिक र भौतिक विकासको लागि तत्पर रहेको क्याम्पसका अध्यक्ष महेश प्रसाद चौधरीले भन्दै आफ्नै कार्यकालमा यस क्याम्पसलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारकाले लहानका छात्र छात्राहरु पलायन भएर बाहिर नजाउन उद्येश्यले २०४४ सालमा स्थापना गरिएको यस क्याम्पसको शैक्षिक गुणस्तर सुधारेर देशकै नमुना क्याम्पस बनाउन गुणस्तरीय शिक्षामा जोड दिइनुपर्ने धारणा राख्नुभयो ।

क्याम्पसको औपचारिक बैठकमा पहिलोपटक सहभागी हुनु भएको संघीय सांसद गङ्गा प्रसाद यादवलाई मन्नार्थ अध्यक्ष र सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद चौधरीले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A