निर्माण व्यवसायी संघमा मतदान हुँदै 

  • पुस ७, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान पुस ७ गते
निर्माण व्यवसायी लहान सिरहाको नेतृत्व चयनको लागि निर्माण वयसायीसंघ लहान सिरहाको कार्यालय लहान–५ नयाँ बजारमा आज विहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

समाचार तयार गर्ने बेलासम्ममा १८० मध्ये ६० मत खसि सकेको छ । दिउँसो ३ बजेसम्म हुने मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । यसभन्दा अगाडिको निर्वाचनमा ३६० मतदाता रहेकोमा यस पटकको निर्वाचनमा १८० मतदाता मात्रै रहेको छ ।अञ्जय बहादुर राउत र दिपक श्रेष्ठको दुई पाइनलबीच कडा प्रतिस्पर्धा हुने मतदान स्थलमा मतदान गर्न आएका मतदाता निर्माण व्यवसायीहरुले बताएका छन् । पाँच देखि दस मतको फरकमा जीतहार हुने अडकल भइरहेको छ ।

निर्वाचन सुरु भएदेखि नै दुवै पाइनलका अधयक्ष पदका उम्मेदबारहरु क्रमशः अञ्जय बहादुर राउत र दिपक श्रेष्ठसँगै मतदान स्थलमासंगै उभिएर मत खसाउन हसिलो अनुहारमा मतदान गर्न मतदाताहरुसँग आग्रह गरीरहेको दृश्यले निर्माण व्यवसायीसंघ लहान सिरहामा परिपक्व लोकतान्त्रिक व्यवहार प्रदर्शन भइरहेको मतदाताहरुले खुसी समेत व्यक्त गरेका छन् । लहान –१३ का वडाध्यक्ष मनोज कुमार कोइरादला भन्नुहुन्छ, दुवै अध्यक्ष पदका उम्मेदबार शालिन र भद्र हुनुहुन्छ जसले जितेपनि शालिन व्यक्तित्व निर्माण व्यवसायी संघको नेतृत्व गरिने बताउनुभयो ।

कसलाई कसको साथ

पूर्व अध्यक्षहरु बैजनाथ साह र रासलाल रायको साथ पाएर दिप श्रेष्ठ चुनावी मैदानमा उभिनु भएको छ भने पूर्व अध्यक्ष जितेन्द्र कुमार यादव र विशाल कुमार साहको दह्रो साथ पाएर अञ्जय बहादुर राउत प्रतिस्पर्धा गरिरहनु भएको छ ।

विभिन्न दलका सक्रिय नेता तथा जन प्रतिनिधिहरु मतदाता

nirman bybsayi news photo 2

लहान नगरपालिका –२० का वडाध्यक्ष तथा माओवादी केन्द्रका नेता गणेश कुमार चौधरी महलरुमी निर्माण सेवाबाट मतदात, रासलाल राय राजपुत लहान नगरपालिका –२४ का वडाध्यक्ष जसपाका नेता तथा कृष्ण निर्माण सेवाका सञ्चालक,गेनालाल यादव नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवशक्ति निर्माण सेवाका सञ्चालक,मन्टुन चौधरी नेकपा एमालेका नेता तथा लहान–१ का वडाध्यक्षका प्रत्यासी,मन्टी कुमार मण्डल नेकपा एमालेका नेता तथा लहान वडा नम्बर –१० का वडाध्यक्ष र पिंकी निर्माण सेवाका सञ्चालक ,विष्णु साह हलुवाई नेकपा एमालेका प्रदेश कमिटिका सदस्य तथा गोविन्द गणिनाथ निर्माण सेवाका सञ्चालक,नथुनी पासवान नेकपा एमालेका नेता तथा करण कन्सट्रक्शनका सञ्चालक,बैजनाथ साह सुडी जसपा नेपालका नेता तथा न्यू बाबा कन्ट्रक्शनका सञ्चालक, सूर्यनाथ यादव नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लक्ष्मी निर्माण सेवाकासञ्चालक,मो अब्दुल करिम लहान–५ का वडाध्यक्ष नेपाली काँग्रेसका नेता शारुख निर्माण सेवाका सञ्चालक,मोहम्मद कमरुदिन लहान–१९ का वडाध्यक्ष नेपाली काँग्रेसका नेता तथा आर एन निर्माण सेवाका सञ्चालक, नेकपा माओवादीका नेता जितेन्द्र कुमार यादव उदय एस राज निर्माण सेवाका सञ्चालक,लहान–६ का पूर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका नेता अरुण कुमार पोखरेल शिवरुप निर्माण सेवाका सञ्चालक,केदारनाथ यादव एकिकृत समाजवादीका नेताm सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष तथा इश्वर कन्ट्रक्शनका सञ्चालक सिरहा –१ क् प्रदेशसभाका पूर्व प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता तथा नेहा कन्ट्रक्शनका सञ्चालकले मतदानमा सहभागी हुनु भएका छन् ।

कुन पाइनललाई कुन दलको साथ ?

प्रत्यक्ष रुपमा दलहरुले खुलेर कुनै पक्षसँग मत नमागेपनि विभिन्न दलका नेताहरु स्वयम मतदाता रहेकोले नेपाली काँग्रेस जनता समाजवादी पार्टीका नेताहरु समेत मतदाता रहेकोले नेपाली काँग्रेस जनता समाजवादी पार्टीको समर्थन दिपक श्रेष्ठलाई देखिएको छ भने नेकपा एमाले नेकपा माओवादी केन्द्रको समर्थन अञ्जय बहादुर राउतलाई रहेको देखिएको छ । एकिकृत समाजवादीको समर्थक दुवै पाइनलबाट उम्मेदबार रहेका छन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A