बाखैरका दलित बालबालिकाहरु टियुशन कक्षाबाट पढाइतर्फ आकर्षित

  • पुष ९, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस ९ गते ।

धनगढीमाई नगरपालिका–१ बखैर गाँउका दलित बस्तीमा विहान वेलुका टियुशन कक्षा सञ्चालनमा आएपछि बालबालिकाहरुमा रुचि बढेर नियमित विद्यालय जानुको साथै पढाइमा आकर्षित भएका छन् 

टियुशन कक्षा सञ्चालिका नुतन पासवान भन्नुहुन्छ,‘नजिकै रहेको श्री जनता आधारभूत विद्यालय बाखैरमा टियुशन कक्षा सञ्चालन नहुँदा बाखैरका तीस जना विधार्थीहरुमध्ये दसजना पनि नियमित विद्यालय जादैन्थ्यो । एकवर्षदेखि टियुशन कक्षा सञ्चालनमा आएपछि टियुशन र विद्यालयमा नियमित पढाई गर्न थालेका छन् ।
टियुशन कक्षा नियमित चलिरहयो भने बाखैर गाउँका पासवान दलितका बालबालिकाहरु शिक्षामा फडकोमार्ने आशा जागेको स्थानीयहरुले बताइएका छन् ।

दलित जन कल्याण युवा क्लवको पहलमा एकवर्षको लागि सञ्चालन गरि दिएको टियुशन कक्ष बाखैर गाउँका दुसाध पासवान समुदायको लागि निकै प्रभावकारी रहेको स्थानीय गोविन्द पासवानले भन्दै यस टियुशन कक्षालाई निरन्तरता दिइ रहनको लागि धनगढीमाई नगरपालिकाबाट सहयोगको लागि आग्रह गर्नुभयो ।

स्थानीय दलित समुदायहरुले भन्नुभयो,‘हामी दलितहरु गरीवीले पिल्सिएको कारण हामी पढन पाएनौ दलित जनकल्याण युवा क्लवले एकवर्ष टियुशन कक्षा सञ्चालन गरेर बालबालिकाहरुलाई सुधारी दियो । यस टियुशन कक्षा सञ्चालनको लागि नगरपालिकाले टियुशन कक्षाको शिक्षकको टियुशन वापतको रकम मिलाई कापी कलमको व्यवस्था गरी दिन माग गर्दछौं ।’

कक्षा ४,५,६,र ७ मा पढ्ने अञ्जली कुमारी पासवान,रितिक पासवान,रिया कुमारी पासवान र आरुसी पासवान कक्षामा प्रथम भएको टियुशन कक्षाका विधार्थीहरु भन्छन,‘दलित जन कल्याण युवा कल्वबबाट एक वर्षको लागि खटाएका टियुशन कक्षाका शिक्षिका नुतन पासवानको समय सकिन लाग्दा अब हाम्रो पढाई विग्रिने हो कि चिन्ता लागेको छ । विहानीको टियुशन कक्षा निरन्तर चलाई दिन हामी हाम्रो अभिभावकलाई लिएर धनगढीमाई नगरपालिका जाने सोच बनाएका छौँ ।’

‘बाखैरका दलित बस्तीका बालबालिकाहरु विहान बेलुका नजिकै रहेको विद्यालयमा नियमित नगई दिनभरी हिलो धुलोमा खेलिरहन्थ्यो । विद्यालयमा दलित वस्तीका विधार्थीहरु नियमित नआएको गुनासो विद्यालयका प्रधानाध्यापकहरुले गर्नुहुन्थ्यो ।एकवर्षदेखि नियमित टियुशन कक्षा सञ्चालनमा आएपछि बाखैरका दलित विधार्थीहरुमा पढने रुचि अब बल्ल दलितका बालबालिकाहरु सधरिनेभयो भने लागेको छ’धनगढीमाई नगरपालिकाका पूर्व वडाध्यक्ष रामपरीक्षण महतोले भन्नुभयो ।

यता धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिब शङकर महतोले बाखैरको दलित बस्तीमा विहानीको टियुशन कक्षाले पारेको प्रभावलाई विस्तार गर्न दलित वस्तीहरुमा विहानको निःशुल्क टियुशन कक्षा सञ्चालन गर्न सहजकर्ता शिक्षकहरु भर्ना गरिने बताउनुभयो ।



पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A