नेपाल औषधी व्यवसायी संघ सिरहाको अध्यक्षमा अग्रवाल

  • पुस १४, २०८०
  • समृद्धिपथ
alt


जीवछ यदासी
लहान, पुस १४ गते ।

नेपाल औषधी व्यवसायी संघ सिरहाको दोस्रो जिल्ला अधिवेशनबाट सन्तोष कुमार अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मतबाट चयन भएको छ ।

कार्यसमितिको वरिष्ट उपाध्यक्ष उमा प्रसाद चौधरी,थोक उपाध्यक्षमा विपिन कुमार साह,खुद्रा उपाध्यक्षमा विश्वराज चौरसिया,महासचिवमा संजय सिंह,कोषध्यक्षमा रविन्द्र प्रधान,सचिवमा जागेश्वर यादव,कोषध्यक्षमा अञ्जय चौधरी कार्य समितिका सदस्यहरुमा क्रमशः जानुका पराजुली,कृष्ण कुमार यादव,चन्द्रविर साह,विजय साह र सरोज कुमार महासेठ चयन हुनु भएका छन् ।

aausadhi bybsayi news.photo 2 2

लहानको मरवाडी सेवा समितिको सभाहलमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनको उदघाट्न सत्रमा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष खण्डेवाल पूर्व अध्यक्ष शङकर कुमार शारडा मधेश प्रदेशका अध्यक्ष शिवनाथ सिंह र औषधी व्यवस्था विभागका विभाग विराटनगरका कार्यालय प्रमुख टेकेन्द्र मिश्र औषधी विभाग शाखा कार्यालय विराटनगरका फर्मेसी अधिकृत दिपेन्द्र खडका लगायतकाहरुले शुभकामना दिनु भएको थियो । नेपाल औषधी व्यवसयी संघलाई मर्यादित अनुशासित बनाउनुको साथै अनुगमन र औषधी व्यवसायीहरु सम्बन्धी संसदीय समितिमा थन्केको विधेयक पारित हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

 aausadhi bybsayi news.photo 3 3

विहान ९ बजेदेखि उद्घाटन सत्र सुरु भई एक बजेसम्म चलेको थियो । खानापछि सुरु भएको बन्द सत्रमा उठेका प्रश्नहरुको जवाफ निवर्तमान अध्यक्ष श्याम प्रसाद राउतले दिनु भएको थियो । नेपाल औषधी व्यवसायी संघको कार्यालय भवन निर्माणको लागि लहान नगरपालिका वडा नम्बर ११ मा एक कठा छ धर जग्गा खरिद गरिएको छ ।

बन्द सत्रमा सहभागी सदस्यहरुहरुले नेपाल औषधी व्यवसायी संघ विधान अनुसार चल्नुपर्ने थोक विक्रेताले खुद्रा विक्रेताहरुसँग न्यायिक व्यवहार गर्नुपर्ने र अनुगमन गर्दा खुद्रा विक्रेताहरुलाई हैरानी गर्ने कार्यहरु गर्न नहुने माग जोडदार रुपमा उठाएका थिए ।

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A