अवकाशप्राप्त तीनजना प्रध्यापकहरु सम्मानित

  • पुस २३, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी

लहान,पुस २३ गते ।


लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तीन दशकभन्दा बढी समय प्रध्यापन गर्नु भएका तीन जना प्रध्यापकहरु अवकाश भएपछि सञ्चालक समितिद्वारा एक कार्यक्रमकोबीच सम्मानित हुनु भएकाछन् ।अंग्रेजी विषयका प्रध्यापक डा अनिल कुमार झा, गणिका विषयका प्रध्यापक कृष्णदेव बनरैत र राजनीति शास्त्रका प्रध्यापक नतारयणलाल दासलाई दोसल्लमा ओढाई फूलको माला, खादा र नेपाली टोपी लगाई सम्मानित गरिएको हो ।

२०४४ सालमा क्याम्पस स्थापना भएदेखि नै निरन्तर क्याम्पसमा प्रध्यापन गर्दै आइरहनु भएको तीनै जना प्रध्यापकहरु क्रमशः झा, बनरैत र दासको योगदानले नै लहान क्याम्पसको स्तर यतिमाथि उठेको ठहर गरी अवकाशप्राप्त गरेपछि सम्मानित गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सम्मान तथा विदाई समारोहमा बताउनुभयो ।उहाँले भन्नुभयो,‘प्रत्यययन चिन्ह (कियुएए)प्राप्त गर्न तीनै जना पहिलो पुस्ताको प्रध्यापकहरुको योगदान अतुलनीय रहेकोले सम्मान गरिएको । उहाँहरुको महत्पूर्ण सल्लाह सुझाव निरन्तर लिइरहने र उहाँको जीवनमा आइपर्ने समस्यामा लहान क्यापसले अझै थप सहयोग गर्न तयार छ ।’

अवकाशप्राप्त अंग्रेजी विषयका प्रध्यापक तथा क्याम्पसप्रमुख समेत हुनु भएका डा अनिले झाले आफू यस क्याम्पसको क्याम्पुसप्रमुख भएको समयमा अक्षय कोष चार करोड पुरयाएको भारतीय राजदूतावासको सहयोगमा २२ करोडको लागतका पुस्तकालय निर्माण गर्नुको साथै गुणस्तरीय शैक्षिक अवस्था कायम गर्न सफल भएको स्मरण गराउँदै क्याम्पस परिवाले गरेको सम्मानले अवकाशपछिको समयमा पनि क्याम्पसलाई आवश्यक परे सहयोग गर्न तयार रहेको बताउनुभयो ।

क्याम्पस सुरुवात भएकै वेला आफू भर्ना भएको अवकाशप्राप्त प्रध्यापक कृष्ण बनरैतले प्रति घण्टी तीस रुपैयाको दरले पढाएको स्मरण गराउनुभयो । राजनीति शास्त्रका अवकाशप्राप्त प्रध्यापक नारायणलाल दासले क्याम्पसलाई कानूनी सङकट आइपर्दा अदालतमा वकालत गरेर क्याम्पसलाई जोगाएको स्मरण गराउँदै अबाशपछि पनि क्याम्पसको हितमा योगदान दिइरहने प्रण गर्नुभयो ।

क्याम्पसका व्यवस्थापनि समिति सदस्य प्लस टु का संयोजक जीवछ उदासीले पहिले पुस्ताका अनुभव्ी प्रध्यापकहरु यस क्याम्पसका शैक्षिक खम्वाको रुपमा रहेको चर्चा गर्दौ उहाँहरुको योगदानलाई कदर गर्दै अवकाशप्राप्त जीवनमा सदा सहयोग गरी रहने बताउनुभयो ।

कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष लगनलाल चौधरी र प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले उहाँहरुको योगदानको जति बढाई गरेपनि कम हुने भन्दै अवकाशपछि पनि बीचबीचमा क्याम्पसआई सल्लाह सुझाव दिइरहन आग्रह गर्नुभयो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A