प्रधानाध्यापकको सक्रियताले फेरियो मुहार सप्रियो विद्यालय

  • पुस २६, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस २६ गते ।
लहान नगरपालिका –२२ मा रहेको श्री आधारभूत विद्यालय बर्छवा सिस्वनीको मुहार मात्रै फेरिएको छैन । नियमित कक्षा सञ्चालनले शैक्षिक अवस्थापनि सप्रिएको छ । सामुदायिक विद्यालयहरुको सुधार हुनुपर्ने चर्चा र चिन्ता भइरहँदा प्रधानाध्यापकले विद्यालय सुधारको लागि दृढ संकल्प लिएर अघि बढ्दा सुधार हुँदोर रहेछ, यसको ज्वलन्त उदाहरणको रुपमा यस विद्यालयलाई लिन सकिन्छ ।

अभिभावक र विधार्थीहरुको पहिलो रोजाई भौतिक पक्ष नै हो दोस्रोमा शैक्षिक रहने गरेको आफ्नो अनुभव त्यस विद्यालयका प्रधानाध्यापक करुण प्रसाद यादवले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ,‘२०७५ सालमा यस विद्यालयमा आँउदा विद्यालयको हाताभित्र गाई भैसी चर्थे । हुने खाने परिवारका बालबालिकाहरु गाउँमै रहेको बोर्डिङग स्कूलहरुमा पढ्थे । वीस जना जति दलित गरीवका बालबालिकाहरु विद्यालय आउँथे त्यो पनि नियमित थिएन । सुरुमा भएको स्रोत साधनबाट विद्यालयको सरसफाईतर्फ ध्यान दिए । नगरपालिकालाई पटक पटक ताकेदा गर्दा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत चार कोठे भवन ४५ लाख र थप नगरपालिकाले उपलब्ध गराइ दिएपछि विद्यालयको मुहार त फेरियो फेरियो । विधार्थी संख्या १४८ पुग्यो ।’

लहान नगरपालिकाको शहरी क्षेत्रबाट दस किलोमिटर पश्चिक दक्षिणमा रहेको यस विद्यालयमा अहिले खानेपानी र शौचालयको अधभाव रहेको प्रअ यादवले भन्दै यसको लागि पटक पटक विद्यालयहरुमा खानेपानी र शौचालयको लागि काम गरिरहेको विकन परियोजनाले कुनै चासो नदिएको र वडा कार्यालयलेपनि चासो नदिएको गुनासो पोख्नुभयो ।

चार कोठे भवन र पर्खाल रङगरोगन गरेपछि हरेक समुदायले विधार्थीहरु पठाउन थालेको प्रअ यादवले सुनाउँदै भन्नुभयो,‘विद्यालयको भौतिक विकास र शैक्षिक प्रगतिको लागि सबैभदा महत्पूर्ण भूमिका प्रधानाध्यापकको हुने गरेको अनुभव आफैबाट भएको छ ।’

एक कक्षा एक शिक्षक लहान नगरपालिकाको शिक्षा शाखाको कार्यक्रम अन्तर्गत कक्षा ५ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा दुई जना स्वयम सेवक शिक्षक दुई जना स्थायी एक राहत एक बालविकास शिक्षिका रहेकोले दसबजेदेखि चार बजेसम्म नियमित पढाईले शैक्षिक सुधारपनि व्यापक भइरहेको अभिभावक समत मण्डलले बताउनुभयो ।

गुणसतरी शिक्षाको लागि बोड्रिङग स्कूलमा भर्ना गारउने जुन होडवाजी चलेको थियो त्यो अब बन्द हुने र यहि गाउँको सामुदायिक विद्याललाई सुधार गर्ने बर्छवा गाउँका थारु र दलित समुदायहरु सहयोगीको भावना लिएर अघि बढ्ने चेत खुलेको अर्का अभिभावक बेचन चौधरीले बताउनुभयो ।

यता शिक्षा संयोजक समेत रहनु भएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले सामुदायिक विद्यालयहरुको भौतिक र शैक्षिक सुधारको लागि एक कक्षा एक शिक्षक जस्तापता मुक्त भवन विद्यालयको पर्खाल निर्माण आइसिटी प्रविधि जडान,निरन्तर विद्यालय अनुगमन र नियमित मासिक प्रधानाध्यापकहरुको बैठकलाई निरन्तता दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘विदालयमा सुधार गर्ने प्रधानाध्यापक,शिक्षक र व्यवस्थापन समितिलाई पुरस्कृत गर्ने कार्यक्रम अघि बढाएको छौ । साथै शिक्षकहरुलाई तनाव दिएर होइन, खुसी पारेर शिक्षा क्षेत्रलाई सुधार्न सकिने नीति लिएका छौं ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A