तराई मधेशमा हुस्सु र कुहिरोः चिसोले जनजीवन प्रभावित, विद्यालय बन्द

  • पुस २६, २०८०
  • समृद्धिपथ
alt

सिरहा । सिरहासहित तराई मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

हुस्सु र कुहिरोसँगै शीत लहरले जिल्लामा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेका छन् ।
शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ । ‘दिनभरि मजदुरी गरेर दुई छाक टार्न समस्या भएको बेला कहाँबाट न्यानो लुगा खरिद गर्नु ?’, लहानका लक्ष्मण मरिकले भने, ‘सिरहामा हामी जस्ता हजारौँलाई न्यानो लुगाको खाँचो छ, हावा छेक्ने घर छैन ।’ शीतलहरकै कारण आफू जस्ता कमजोर आर्थिक स्रोतका जनता अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेको उनको भनाइ छ ।

चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् ।

तराई मधेशमा बढेको चिसोले स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

aago-tapda1672793930

चिसो बढ्नथालेपछि सिराहाका सामुदायिक विद्यालयहरु धमाधम बन्द हुन थालेको छ। शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वस्थ्यमा प्रतिकुल असरर्नेभन्दै पालिकाहरुले विद्यालय बन्दको सूचना जारी गरी विद्यालय बन्द गरहेको हो।

सिरहाको गोलबजार नगरपालिकाले मंगलबार सूचना जारीगर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचनाजारी गरेको छ। शिक्षा शाखा अधिकृत सुवोध कुमार लामाद्वारा जारी सूचनामा माघ २ गतेमात्र विद्यालय खुल्ने जनाएको छ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मपुर पतारी गाउँ पालिकाले पनि एक हप्ता जाडो बिदा दिएको छ।
गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन्।

त्यसैगरी नगरहा गाउँ पालिकाले पनि विद्यालय जाडो विदा दिएको छ।

puse15

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A