पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राही खुशी

  • माघ ४, २०८०
  • समृद्धिपथ
alt

मुकेश कुमार यादव

सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। 

नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् ।

नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् । 
मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरेको छ ।

राहदानी हस्तान्तरण गर्दै नगरप्रमुख यादवले पालिकाका जनताले राहदानी लिनकै लागि जिल्ला सदरमुकाम सिरहा धाइराख्ने अवस्थाको अन्त्य भएको जनाएको छ।

उनले भने, 'सर्वसाधारणको बाध्यतालाई अन्त्यगर्न  राहदानीका लागि बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुने बताए ।

सदरमुकाम नै जानुपर्ने बाध्यता हटाउन अन्य सेवाहरु पनि नगरपालिकामै ल्याउने प्रयत्न गरिरहेको नगरप्रमुख यादवले बताए ।'

-न्यूजकारखाना

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A