सातपटकसम्म चुनिए वडा सदस्यमा लाल मोहम्मद

  • माघ २१, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

माघ २१ गते । 

देशैभरीमा सात पटक वडा सदस्यमा निर्वाचित भएकाहरुको संख्या थोरै होला । त्यसमध्ये लहान वडा नम्बर -२ को वडा सदस्यमा सात पटक निर्वाचित हुने ६७ वर्षिय लाल मोहम्मद हुनुहुन्छ । 

चारपटक पञ्चायत व्यवस्थामा तीन पटक प्रजातन्त्र वहाली भएपछि वडा सदस्य हुनु भएको लाल मोहम्मद भन्नुहुन्छ,'तीन दशकभन्दा बढी वडा सदस्य भए । लहान नगरपालिकाको हाल २४ वटै वडाहरुमध्ये सानो वडा रहेको यस वडाको शिक्षा सरसफाई सामाजिक जागरणको काम पुरा हुन नसकेकोमा थोरै पीडा महसुस भइरहेको छ ।' 

पञ्चायतकालमा गणपति महतोसँग तीनपटक राजा ज्ञानेन्द्रले गराएको स्थानीय चुनावमा आमोला महतोसँग एकपटक प्रजातन्त्र आएपछि तीनपटक वडा सदस्य हुँदा एक पटक देवनाथ यादव एक पटक विहारी यादवसँग दुईपटक सियाराम यादवसँग वडा सदस्य महतो भएको अनुभव सुनाउँदै भन्नुभयो,' सबैभन्दा सहज वडाध्यक्ष सियाराम यादवसँग लागेको छ । यहि पालामा वडाको सम्पूर्ण विकास होस् भन्ने धोको छ । वडामा रहेको श्री जनता आधारभूत विद्यालयको सुधार स्वास्थ्य चौकीको अधुरा निर्माण र गलीगलीमा ढलान दलित बस्ती निर्माण भइ दिए हुन्थ्यो ।' 

१०५ घरधुरी रहेको मुस्लिम समुदाय चार सयको हाराहारीमा मतदाता रहेपनि यस वडामा दलित र मुस्लिम समुदाय वडाध्यक्ष हुने संभावना न्यून छ । अहिलेसम्म वडाध्यक्ष यादव र महतो समुदाय मात्रै वडाध्यक्ष भएको उहाँले बताउनुभयो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A