सामुदायिक विद्यालय सुधारको लागि सघन अनुगमन

  • माघ २९, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी
लहान,माघ २९ गते ।

लहान नगरपालिका शिक्षा शाखासँग समन्वय गरेर अनुगमन समितिको संयोजक नगरपालिका उपप्रमुख राम चलितर महतोले सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन गर्ने कार्यलाई निरन्तता दिनु भएको छ ।

सुरु सुरुमा छडके अनुगमन गरिएको उपप्रमुख महतोले भन्दै अहिले शिक्षास्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्ने विशेषज्ञलाई समेत लिएर विद्यालयको शैक्षिक भौतिक कक्षा व्वयस्थापन लगायत देखिएका सबै समस्याहरुलाई समाधान गर्न विद्यालयका सरोकारवालाहरुलाई समेत राखेर दिएको समय सीमाभित्र विद्यालयको सुधार हुने गरी अनुगमन कार्यलाइ निरन्तरता दिएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नगरप्रमुख स्वयम शिक्षा संयोजक रहेर सामुदायिक विद्यालयहरुको स्तर सुधार रस्तरोन्नति गर्न १२५ स्वयम सेवक शिक्षक भर्ना विद्यालयहरुको पर्खाल निर्माण, एक कक्ष एकशिक्षक एक विद्यालय एक कम्प्युटर प्रयोगशाला कार्यक्रम अघिबढाउन ६ करोड शिक्षा क्षेत्रमा विनियोजन गरेका छौ ।’

लहान नगरपालिका भित्र रहेको ५९ सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक सुधारको लागि लहान नगरपालिकाले प्रशंसनीय काम गरेको नेपाल शिक्षक संघ लहानका नगर अध्यक्ष नारायण साहले बताउनुभयो । लगानी गरेपछि निगरानी आवश्यक रहेकोले विद्यालयका प्रधानाध्यापकहरुलाई समेत विद्यालय सञ्चालनको लागि दिएको निर्देशन अनुसार चले नचलेको यथार्त बुझन अनुगमनले झनै प्रभावकारी देखिएको उहाँले प्रष्टयाउनुभयो ।श्री जनता माध्यमिक विद्यालय लहान –९ गोठमा केहि दिन नगरउपप्रमुख राम चलितर महतोको संयोजकत्वमा आएको अनुगमन टोलीले शिक्षा स्वास्थ्य र वातावरणको लागि दिएको पृष्ठपोषण निकै लाभदायक भएको विद्यालयको प्रधानाध्यापक अरुण गिरीले बताउनुभयो ।

यता माघ २३ गते श्री जनता आधारभूत विद्यालय तिलेबोनामा लहन नगरप्रमुख महेश प्रसाद चौधरीले विद्यालयको समयमा विद्यालयमा पुग्दा विद्यालयका प्रधानाध्यापक राम अधिन ठाकुर शिक्षक राज कुमार यादव अनुपस्थित रहेको पाएपछि दुवै शिक्षकलाई अन्य विद्यालयमा सरुवा गरिएको छ । अनुगम शिक्षकलाई त्रसाउन होइन,शैक्षिक सुधारको लागि हुनुपर्ने सरोकारवाले बताएको छ ।

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A