पाँच बुँदे प्रतिवद्धतासहित नेपालमा प्रतिबन्ध खुलाउन टिकटकको पत्र

  • फाल्गुन १, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो ।

आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गरेको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता नेपालमा टिकटक प्रतिबन्ध रहेको छ

-दृष्टि न्यूजबाट

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A