पाँच बुँदे प्रतिवद्धतासहित नेपालमा प्रतिबन्ध खुलाउन टिकटकको पत्र

  • फागुन १, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो ।

आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गरेको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता नेपालमा टिकटक प्रतिबन्ध रहेको छ

-दृष्टि न्यूजबाट

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A