बच्चाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले लहानमा दोस्रो LMC Expo हुँदै

  • फागुन १, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । एलएमसी सेकेन्ड्री स्कूल लहानमा दोस्रो ‘एलएमसी एक्सपो’ कार्यक्रम हुने भएको छ । विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयले एसएमसी एक्सपोको आयोजना गर्ने भएको हो ।

विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

यहि फागुन ४ गते शुक्रबारदेखि सुरु हुने एक्सपो दुई दिनसम्म चल्ने बताउदै कार्यक्रममा कला, संस्कृति र पिहिचान झल्काउने गरी विविध प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनुभयो ।

एक्सपोमा विद्यार्थीद्वारा वैज्ञानिक आविष्कार गरी निर्माण गरिएका सामाग्रीहरु सहित विभिन्न बिषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरिने विद्यालयका प्रमुख कार्यकारी अधिकृत आयुष हमाले बताउनु भयो ।

शैक्षिक एक्सपोमा विषयगत रुपमा छुट्टाछुट्टै स्टलमा प्रर्दशनी गर्ने व्यवस्था मिलाइने प्रमुख कार्यकारी अधिकृत हामालले जानकारी दिनुभयो ।

उहाँले एक्सपोलाई थप आकर्षक बनाउँन विद्यार्थीहरुबाटै नृत्य प्रदर्शन सहित विभिन्न संस्कृति झल्काउँने साँस्कृतिक झाँकी तथा नृत्यहरु समेत प्रदर्शन गरिने जानकारी दिनुभयो ।

lmc 1

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A