एकपक्षीय समाचारले द्वन्द्व निम्तयाउछ ः नगरप्रमुख चौधरी

  • फाल्गुन ५, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,फागुन ५ गते ।


लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले एकपक्षीय समाचारले समाजमा द्वन्द्व निम्ताइरहेको बताउनु भएको छ । राष्ट्रियसमाचार समिति(रासस)ले ६३ औ वार्षिकोत्सवको अवसरमा आयोजित जिम्मेबार पत्रकारिता र राससको भूमिका विषयक कार्यक्रमलाई शुक्रबार लहानमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको थियो ।

समाचार ढिलै भएपनि केहि विग्रिदैन भरपर्दो स्रोत रसरोकारवाला सवै पक्षहरुको भनाइ राखेर सन्तुलित समाचार आवश्यक रहेको उहाँले भन्दै हतारमा एकपक्षीय र रिसइवी साध्ने किसिमको समाचारले समाजमा भ्रम र सामाजिक द्वन्द्व सृजना गरिरहेको बताउनुभयो ।

नगरप्रमुख चौधरीले भन्नुभयो,‘केहि समाचारले लहानको पहिचान समृद्धि र विकासमा सहयोगीको भूमिका खेलेका छनु भने कतिपय समाचारहरु होचुवाको भरमा लेखेर जनप्रतिनिधिहरुलाई निरुत्साहित गर्ने गरेको छ । लहान–२४ का किसान रतन साहले रङिगन फूलकोभी उत्पादन गरेको समाचार सम्प्रेषणले राम्रो छाप पारियो तर केहि मिडियाहरुले लहानमा सामुहिक बालात्कारको समाचार सम्प्रेषण गरेर जीवनसँग खेलवाड गरेको छ,यी दुइवटा उदाहरण जिम्मेबार पत्रकारिता र गैरजिम्मेबार पत्रकारिताको उदारहरण हुन् ।’लहानको समृद्धिको लागि पर्यटनको पचूर संभावना रहेको लहानको समाचार सम्प्रेषणको लागि जिम्मेबार पत्रकारहरुले सत्य तथ्य खोजेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो f

राष्ट्रिय समाचारसमिति मधेश प्रदेशका प्रमुख टिकाराम सुनाुवारले बदलिँदो परिस्थितिमा नविन शैलीबाट जनमनका समस्या र सत्य तथ्यमा आधारित भएर सरकारका कमि कमजोरीबारे पनि समाचार सम्प्रेषण गरिरहेको जानकारी गराउनुभयाृे । उहाँले थप्नुभयो,‘जनताकै करबाट चलिरहेको राससले जिम्मेबार पत्रकारिता र खोज पत्रकारितामा जोड दिएको छ । पहिले सत्ताधारी नेताहरुको समाचार मात्रै लेख्ने छाप परेको रासस अहिले समयसँगै ट्रयाक बदलेको छ । खोजमूलक, सामाजिक विकृति र समृद्धिका कथाहरु पनि प्राथमिकतामा रहेको छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले जिम्मेबार पत्रकारिताको लागि बदलिदो परिस्थितिमा चाहिने आवश्यक तालिम सिप र ज्ञानको लागि महासंघले ध्यान दिएको भन्दै स्थानीय तहहरुले पत्रकारिताविकासको लागि समेत बजेट विनियोजन गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले थप्नुभयो,‘अपराधिक घटनाहरुमा अपराधीहरुको भनाइ राखी समाचार सम्प्रेषण गर्न सकिन्छ । अपराधी घटनामा प्रहरीको अधिकारिक भनाई आवश्यक हुन्छ ।’

कार्यक्रम रासस कार्यालय लहानका प्रमुख सुदिप राउतको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा सिरहाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्षविकास कुमार शारडा र लहान नगरपालिका उपप्रमुख राम चलितर महतो ईलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक भोला कुमार भट्टको समेत उपस्थििति रहेको थियो ।




अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A