मधेशको समृद्धि भएमात्रै देशको समृद्धि संभव : प्रधानमन्त्री प्रचण्ड

  • फागुन १२, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १२ गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्डले मधेशको समृद्धिविना नेपाल देशको समृद्धि संभव नरहेको बताउनु भएको छ । 

सिरहा-धनुषाको सिमाना रहेको कमला नदीमा सिरहाको कल्याणपुर नगरपालिका -५ चिकना र धनुषाको सबैला नगरपालिका -४ पटेर्वा जोडने पुलको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । 

मधेशको समृद्धिको आधार रहेको कृषि,कृषिसँग जोडिएको उद्योगधन्दा र सडक बाटोघाटोको विकास आवश्यक रहेकोले यसतर्फ वर्तमान सरकार काम गरिरहेको उहाँले बताउनुभयो ।

४० वर्ष आगाडि जनयुद्धको तयारी गर्ने क्रममा सिरहा र धनुषा आउने क्रममा कैयौ पटक कमला वारिपारी पैदल कमला नदि तरेको प्रम प्रचण्डले स्मरण गर्दै भन्नुभो,' हाम्रो पार्टीको नेता मातृका प्रसाद यादवको पहलमा पुल निर्माण कार्यको लागि आज शिलान्यास गरिएको हो । यो पुल दुइ वर्षमै निमार्ण सकिने गरि ठक्का लिएका एलाइट कम्पनिका ठेकेदारलाई निर्देशन दिएका छौ । समयमा काम सम्पन्न गरे ठेकेदार पनि सम्मानित हुनेछ ।'

मधेश पहाड हिमाललाई जोडेर राष्ट्रिय एकता र अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन देशको विकासको लागि विद्युत उत्पादन गर्न सरकारले ऐतिहासिक काम गरेको प्रम प्रचण्डले प्रष्टयाउनुभयो । उहाँले थप्नुभयो,' मधेशसँग प्रेम रहेकोले आफू मधेश प्रदेशको सिरहा जिल्लाबाट दोस्रो संविधानसभामा निर्वाचित भएर संविधान निर्माण गरियो ।'मधेशमा रहेको नागरिकता र मिटरव्याजको समस्या समेत समाधान गर्न सरकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

आजै कमला नदिमा ६ महिना अघि निर्माण भएको नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको समेत आजै उद्घाटन गरिएको थियो । प्रधानमन्त्री प्रचण्डसँगै शहरी विकास मन्त्री सिता गुरुङग शिलान्यास र उद्घाटन कार्यक्रममा सहभागी हुनु भएको थियो । झोलुङगे पुलको उद्घाटन र पुल निर्माणको शिलान्यास कार्यक्रममा सिरहा र धनुषाको स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । दुइ वर्षमा सम्पन्न हुने गरी ११ करोडमा ठेक्का टेण्डर भएको छ । 

 पूर्व पश्चिम राष्ट्रिय लोकमार्गमा एउटा पुल रहेको थियो । झोलुङगे पुल हुलाकी मार्गको पुल र पटेर्वा चिकना पुल गरी चारवटा पुल कमला नदिमा निर्माण सम्पन्न भएपछि विकासको दृष्टिकोणले पछि परेको सिरहाका कर्जन्हा कल्याणपुर सिरहा नगरपालिका र धनुषाको सबैला नगरपालिकाको विकासले गति लिइने विश्वास जागेकोछ ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A