'शिक्षकहरु उच्च मनोवल राखेर काम गरौ'

  • फागुन १२, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १२ गते । 

लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत शिक्षकहरु उच्च मनोबल राखेर गुणस्तरीय शिक्षाको लागि भूमिका खेल्नुपर्ने बताउनु भएको छ । 

नेपाल राहत शिक्षक समिति लहानले आयोजना गरेको बनभोज तथा सम्मान कार्यक्रम र गुणस्तरीय शिक्षाको लागि राहत शिक्षकको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

राहत शिक्षकहरु योग्य मात्रै होइन,उर्जावान समेत रहेको अनुगमनको क्रममा देखिको उहाँले भन्दै राहत शिक्षकहरु समयमा विद्यालयमा उपस्थित भएर शैक्षकि सुधारको लागि सहयोगी बन्न आग्रह गर्नुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'विदा घरपरिवारमा समस्या परेपछि लिनुपनि पर्छ तर अनावश्यक विदा लिएर विधार्थीसँग खेलवाड नगरौ ।' 

राहत शिक्षकहरुसँग लहान नगरपालिकामा कुनै विभेद नगरिने विश्वास दिलाउँदै नगरप्रमुख चौधरीले थप्नुभयो,' राहत शिक्षकहरुलाई कुनै समस्या आउन नदिने गरी उच्च मनोबल बनाएर काम गर्न समावेसी र सहभागितालाई समेत ध्यानमा राखेर अघि बढिरहेका छौ । ' लहान नगरपालिका ६ करोड शिक्षामा बजेट विनियोजन गरेर भौतिक र शैक्षिक अवस्था सुधार्न लागेको नगरप्रमुख चौधरीले विश्वास दिलाउनुभयो । 

नेपाल राहत शिक्षक केन्द्रिय सचिव शिव शङकर काम्ती,केन्द्रिय सदस्य दोस्त बहादुर भट्टराई मधेस प्रदेश अध्यक्ष गङ्गा प्रसाद यादव जिल्ला अध्यक्ष किसुनदेव यादवले राहत शिक्षकहरु आफ्नो पेशागत हकहितको लागि आन्दोलनमा रहेको साझा धारणा राख्दै राहत शिक्षकहरु माथि कुनै विभेद भए हामी सहन नसक्ने धारणा राख्नुभयो । 

कार्यक्रममा सहभागी हुनु भएको लहान नगरप्रमुख महेश प्रसाद चौधरी उप प्रमुख राम चलितर महतो,शिक्षाविद महेश्वरी चौधरी शिक्षा शाखा प्रमुख अमिरी यादव राहत शिक्षकका केन्द्रिय सचिव शिव शङकर कामती ,केस दोस्त बहादुर भट्टराई,मधेश प्रदेश अध्यक्ष गङ्गा प्रसाद यादव,राष्ट्रिय महासचिव दिलिप सिंह,कर्मचारी परिषदका केस भुपेन्द्र पासवानलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

लहान नगर कमिटिका सम्पूर्ण राहत शिक्षकहरुलाई गम्छा ओढाएर गरिएको थियो । कार्यक्रम नेपाल राहत शिक्षक लहान नगर समितिको अध्यक्ष जीवछ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव हरिनाथ यादव कोषाध्यक्ष सागर कार्कीले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य बाट स्वागत उपाध्यक्ष प्रतिभा गिरीले गर्नु भएको थियो । कार्यक्रम पर्यटकीय स्थल हातीदह लहान -१५ मा आयोजना गरिएको थियो ।

स्मरणरहोस लहान नगरपालिकामा ४० जना ,सिरहामा चार सयको संख्यामा ,मधेश प्रदेशमा ६ हजार र देशभरीमा ४० हजार राहत शिक्षक पेशागत हकहित र स्थायीको लागि आन्दोलनरत रहेको छ । संघीय शिक्षा विधेयकमा राहत शिक्षकसँग भएको सम्झौता अनुसार शिक्षा ऐन नआए निर्णायक आन्दोलन गरिने चेतावनी दिँदै आइरहेको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A