वितिय जोखिम मूल्यांकनमा मिर्चैया नगरपालिका प्रथम

  • फागुन १५, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, फागुन १४ गते । स्थानीय तह वित्तीय मूल्याकंनमा सिरहाको मिर्चैया नगरपालिका मधेश प्रदेशमा प्रथम स्थान हासिल गरेको छ । मिर्चैया नगरपालिका १०० मा ८६ आङक ल्याएर प्रथम भएको हो ।

यसैगरी जानक नन्दनी गाउँपालिका धनुषा ७९ अङक ल्याइ दोस्रो, लालबन्दी नगरपालिका सर्लाही ७८ अङक ल्याई तेस्रो, गौर नगरपालिका रौतहट ७६.८ ल्याई चौथो बरहथवा नगरपालिका सर्लाही ७४ अङक ल्याई पाँचौ स्थान हासिल गरेको छ । 

कार्यक्रम व्यवस्थापनमा २१ मा १९, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २९ मा २५, लेखाङकन तथा प्रतिवेदन १७ मा १४, अनुगमन मूल्याङ्कन तथा लेखा परिक्षण १६ मा १३, राजश्व व्यवस्थापन १७ मा १५ अङक ल्याएर मिर्चैया नगरपालिका प्रथम स्थान ल्याउन सफल भएको हो । 

मधेश प्रदेशमा पहिलो स्थान ल्याउन मिर्चैया नगरपालिका सफल भएकोमा नगरप्रमुख श्रवण कुमार यादवले खुसी व्यक्त गर्दै भन्नुभयो,'मिर्चैया नगरपालिकामा विपक्षीहरुले पाइला पाइलामा बाधा व्यवधान खाडा गरेपनि तोकिएको जिम्मेबारी समयमा सम्पन्न गर्दै आइरहेको छ । जति समस्या आएपनि जनता र कर्मचारीहरुको साथ पाएर सफल भइरहेका छौ ।'

उपाध्यक्ष जगतप्रसाद ...

गोलबजार । श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क ...

लहान नगरपालिकामा ब्र ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका मेयर महेश ...

वार्ताको निष्कर्ष : ...

जीवछ उदासीलहान,पुस २८गते । लहान–२२ का कृषक रामचन ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी सिरहा । मानव अधिकार एलायन्स सिरहाको तेस ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A