प्रेस युनियन सिरहाका अध्यक्ष दाहालले सम्हाले कार्यभार

  • फागुन २०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन २० गते । 

प्रेस युनियन सिरहाको अध्यक्षमा चयन हुनु भएको निर्मला दाहालले सिरहा जिल्ला कमिटिको पदभार सम्हाल्नु भएको छ । दाहालको नेतृत्वमा चयन चयन भएको समितिलाई शनिबार एक कार्यक्रमको आयोजना गरि पद स्थापना गरिएको थियो । 

पदस्थापाना कार्यक्रमका प्रमुख अतिथी प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्णले प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक पत्रकारहरुको संगठन भएकोले लोकतन्त्रको सवलीकरणको लागि कलम चलाइरहनुपर्ने बताउनुभयो । उहाँले भन्नुयो'प्रेस युनियन बामपन्थी पत्रकारहरुको पछिपछि लागेर साँख गिराउनु हुँदैन । शुद्धिकरणको नाममा सक्रिय पत्रकारहरुको सदस्यता खारेज गर्ने कार्य त्रुटिपूर्ण छ ।' 

कार्यक्रममा प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठले प्रेस युनियनको साँगठनिक धरातल कमजोर हुन नदिन सबै चनाखो हुनुपर्ने भन्दै सिरहामा प्रेस युनियनमा महिला पत्रकारहरुको नेतृत्वमा कमिटि गठन हुनुले सकारात्मक सन्देस गएको प्रशंसा गर्नुभयो । 

नेपाली काँग्रेसलाई सहि दिशा दिन र पार्टीले गरेका रचनात्मक कामहररुको प्रचार प्रसारको लागि प्रेस युनियन जिम्मेबार पत्रकारिता गर्नुपर्ने नेपाली काँग्रेसका लहान नगर सभापति सन्जय यादवले शुभकामना दिनुभयो । 

सिरहाको सक्रिय पत्रकारहरुको सदस्यता खारेज गर्ने नेपाल पत्रकार महासंघ सिरहा शाखाले गरेको गतल कार्यको प्रेस युनियन सिरहाले वेलैमा सच्चाउन दबाबमुलक कार्यक्रमहरु गर्नुपर्ने भएकोले नयाँ नेतृत्वले काम गर्नुपर्ने प्रेस युनियन सिरहाका पूर्व अध्यक्ष उद्धव हमालले बताउनुभयो । 

कार्यक्रममा पत्रकारितामा पिएचडि गेरेको प्रेस युनियनका महासचिव अजय साहलाई सम्मान गरेको थियो । प्रेस युनियनका निवर्तमान अध्यक्ष भरत जर्घा मगरले नव निर्वाचित अध्यक्ष निर्मला दाहाललाई पद स्थापना गर्नु भएकोथियो । 

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A