नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको अध्यक्षमा मोहम्मद नसरुल

  • फागुन २६, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठनका रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको तेस्रो जिल्ला अधिवेशन शनिबार सिरहाको लहानमा सम्पन्न भएको छ । अधिवेशनले मोहम्मद नसरुलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा मो. शमिम अख्तर, सचिवमा मो. मुस्तफा र उपसचिवमा मुन्ना खान, रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मन्जर हसन (सितारे), तफेजुल रहमान, मो.रोजाई रहमान, मो.आलम, मो.कौसर, अहमद अली, अख्तर आलम, मुस्तफा नेपाली, ऐयुव राईन र मुम्ताज मिया रहेका छन् । कोषाध्यक्ष सहित सात जना सदस्यहरुको नाम पहिलो बैठकबाट चयन गरिने जनाइएको छ ।

अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय उपमहासचिव तथा संगठन विभाग प्रमुख जबुल मियाँले उद्घाटन गरेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि मियाँले मुस्लिम समुदायको हकअधिकारका लागि एमालेले निरन्तर काम गरिरहेको बताउनु भयो । मुस्लिम समुदाय राष्ट्रपति वफादार रहेकोले देशको रक्षा र विकासको लागि मुस्लिम इत्तेहाद संगठनसंग हातमा हात मिलाएर अभि बढनु पर्ने अवस्थारहेको बताउनु भयो ।

आफ्नो अधिकार स्थापित गर्न मुस्लिम समुदाय एक हुनुपर्ने भन्दै मुस्लिम समुदायको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा पहुच तथा विकासको लागि एक मात्र संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन रहेको बताउनु भयो ।

1710000287612 1

कार्यक्रममा नेकपा एमाले केन्द्रिस्य सदस्य रामरति राम, नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी, एमाले विधान प्रतिनिधि परिषद् सदस्य तथा पूर्व लहान नगरप्रमुख मुनि साह सुडी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य प्रदिप कुमार चौधरी, एमाले मधेश प्रदेश कमिटि सदस्य रामनारायण मेहता, एमाले प्रदेश कमिटि सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य मोहित राईन, प्रदेश कमिटि सदस्यहरु ईश्लाम अलि, राम विलास साह, नेकपा एमाले जिल्ला अध्यक्ष तथा सिरहा नगर प्रमुख डा.नविन यादव, नेकपा एमाले जिल्ला कमिटि सदस्या तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज रियासत लिमीलगायतका उपस्थिति रहेको थियो ।

नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाका अध्यक्ष इस्राईल सिद्दिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल मुस्लिम इत्तेहाद संगठन लहानका नगर अध्यक्ष फिरोज सिद्दिकीले गरेका थिए ।

1710000287634

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A