सबै बाम एक ठाम स्वभाविक र प्राकृतिक गठबन्धन

  • फाल्गुन २८, २०८०
  • समृद्धिपथ
alt

तीन बाम एक ठाम प्रकृतिक बाम गठबन्धन 

                                   जीवछ उदासी लहान 

                                       फागुन २८ गते ।

हामी अहिले उन्नत लोकतान्त्रिक अभ्यासमा छौं । अभ्यासको क्रममा त्रुटिहरु हुन जान्छ । त्रुटि कमजोरीहरुबाट सिकेर अघि बढ्नुपर्छ । जमेको पोखरीको पानीभन्दा बगिरहेको नदीको पानी सङगलो हुने गर्दछ । संसदीय व्यवस्था सदनमा टाउको गनेर बहुमत पुरयाउने भएकोले सरकार बनाउने संख्या पुरयाउन कहिलेकाहि नसोचेको समिकरणहरु भइरहेको हुन्छ । संख्या पुरयाउनकै लागि कहिले प्राकृतिक त कहिले अप्राकृतिक गठबन्धन भइरहन्छ । संख्या पुरयाउनको लागि प्राकृतिक गठबन्धन हुनुपर्दछ। नेपालको सन्दर्भमा बाम लोकतान्त्रिक गठबन्धन र पुँजीवादी लोकतान्त्रिक गठबन्धन हुनु अपरिहार्य छ । लोकतन्त्रको दीर्घ आयुको लागि नेपाली काँग्रेसको अगुवाइमा विचार मिल्नेहरुको गठबन्धन र एमाले माओवादी समाजवादीहरुको बीचको गठबन्धन हुनुलाई राजनीति सहि दिशाबाट अघि बढिरहेको बुझ्नुपर्छ। कुनैपनि लोकतान्त्रिक दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्रको विकल्प नै लोकतन्त्र भएकोले लोकतान्त्रिक पार्टीहरु सवल भए लोकतन्त्र सफल हुने मान्यता नै साझा दृष्टिकोण हो । नेपालको राजनीतिमा दुई ध्रुव हुन आवश्यक छ । एउटा ध्रुवको नेतृत्व नेपाली काँग्रेस अर्को ध्रुवको नेतृत्व कम्युनिष्ट पार्टीहरुले गरिरहनुपर्छ । 

अहिले फेरि बाम लोकतान्त्रिक गठबन्धनमा जसपा र रास्वपा समेतको जोडबलमा प्रचण्डको नेतृत्वमा गठन भएको सरका प्राकृतिक गठबन्धनतर्फ देश उन्मुख भएको छ । बामपन्थी शक्तिहरु एक ठाउँमा भएपछि गैर वामपन्थी शक्तिहरु यसलाई भत्काउन कुल देउतालाई पनि भाकल गर्ने मात्रै होइन,भत्काउन सारा बुता खर्चिने गर्छ । अहिले प्रचण्ड ओली माधव नेपाल एक ठाउँमा उभिएको मन नपराउने गैर बामपन्थी शक्तिहरु बाम लोकतान्त्रिक गठबन्धन जन्मेकै दिनदेखि जन्म दिनको शुभकामना ह्यापी बर्थडे भन्नु पर्नेमा यो गठबन्धन धेरै भयो भने छ महिना एक वर्ष भनेर आयु किटान गर्न थालेको छ । बिगतमा बामपन्थी एकता टिक्न नसकेको उदाहरण पेस गरेर यसो भनिरहेको छ । नेपालको राजनीतिमा उतर दक्षिणको प्रभावले गठबन्धनको आयु चिया पसल चौतारा भोज स्थल जयन्ती र मलामीमा भेला भएको स्थलहरुमा समेत भेला भएपछि किटान गरिरहेको सुनिन्छ । यो गठबन्धन कति दिन नै चल्छ ।‌ लोकतन्त्रमा तर्क गर्न आफ्नो विचार राख्न पाइन्छ । तर,तर्क र दृष्टिकोण अब लोकतन्त्रलाई सवल र सफल बनाउन केन्द्रित हुनुपर्दछ। 

बाम लोकतान्त्रिक गठबन्धन अब कुनै हालतमा भत्किनु हुँदैन । विगतमा भएका कमि कमजोरी,फुट र टुटबाट पाठ सिक्न जरुरी छ । ओली दाहाल र नेपालबीचको सम्बन्धमा दरार नआओस् यसको लागि तीनै दलका नेता कार्यकर्ता समर्थक र शुभचिन्तकहरु सचेत र सजग हुन जरुरी छ । यसको लागि साझा नीति अनुसार साझा कार्यक्रम बनाएर जान जरुरी छ । अहमता अहंकार बोली र शैलीमा सुधार हुन जरुरी छ । तीनै दल र तीनै दलका शिर्ष नेताहरुको अन्तिम परीक्षापनि हो । ठूलो अवसर र ठूलो चुनौतीपनि हो । अब देश र जनताको लागि राहत महसुस हुने गरी काम भएन भने २०८४ को चुनावमा जनताले माफी दिइने छैन् । तसर्थ,अब अर झग्डा आपसी विवाद,षडयन्त्र जालझेलमा नलगि समृद्धि र समाजवादको लागि अघि बढ्नुको विकल्प छैन् । सबैलाई कसरी मिलाएर राख्ने चित बुझाउने विधि र विधान बनाउने चिनौती त छ तर यस चुनौतीमा फेरि अवसरै अवसर पनि छ । 

म बाम एकता अभियानी भुइ मान्छेको मनमा खेलिरहन्छ यो एकतालाई कसरी टिकाउन सकिन्छ ? एकताको लागि सबैमा हार्दिकता हुनु आवश्यक छ । मन माजिएको एकता भएन भने फेरि टुट्ने फुट्ने संभावना त्यतिकै हुनेछ । विगतमा भएको एकता फुटेपछिको पीडा सम्झिदा अगुल्टोले हिकाएपछि विजुली देख्दा तर्सिने उखान नै चरितार्थ हुने हो कि ? यस्ता आश्काहरु उत्पन्न हुनु स्वभाविकै पनि हो ‌ । यसको लागि तल देखि माथिसम्मका नेता कार्यकर्ताहरु संयम भएर आफ्नो आफ्नो ठाउँमा वस उठ छलफल र विचारको आदान प्रदान गर्न जरुरी छ । नजिक भएर हार्दिकता बढाएउँदै गएपछि वास्तविक एकताको लागि माहोल बन्दै जानेछ । बाम एकताको रुप लिएपछि वडा देखि केन्द्रसम्मा जन प्रतिनिधि कमिटि र पार्टी परिचालन कमिटिको निर्वाचन गरेर पार्टीको नेता कार्यकर्ताहरुको व्यवस्ञापन गर्न सकिन्छ । एक कार्यकाल जनप्रतिनिधि कमिटिमा र एक कार्यकाल पार्टी परिचालन कमिटिमा रहनु पर्ने प्रावधान गर्यो भने यसले व्यवस्थापनमा सहज मात्रै होइन,अनुभव र जिम्मेबारीको बोध समेत हुनेछ । ७० प्रतिशत नया पुस्ता र ३० प्रतिशत पुरानो पुस्तालाई अवसर दिएर ७० वर्ष काटि सकेका शीर्ष नेताहरुलाई अभिभावक सल्लाहकार कमिटि गठन गरेर उहाँहरुलाई पनि पार्टीसँग जोडिएर सबै उमेर समूह समूह अटाउने गरी नीति र विधान ल्याउनु आवश्यक देखिन्छ ।

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A