राष्ट्रपति पौडेल शनिबार लहान आउनुहुने

  • चैत्र २, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,चैत २ गते । 

लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल आउनुहुने भएको छ । 

शुक्रबार समारोहको तयारीवारे आयोजित पत्रकार सम्मेलनमा पुर्व उद्योग राज्यमन्त्री समेत रहनु भएको दाता परिवारका पद्म नारायण चौधरी विद्यालयका प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र प्रसाद चौधरीले हिरक जयन्ती समारोहको पूर्ण तयारी पुरा भएको बताउनुभयो ।

२०५५ सालमा यस विद्यालयले स्वर्ण जयन्तीमा तत्कालिन प्रधानम्नत्री गिरिजा प्रसाद कोइराला आउनु भएको थियो । ७५ वर्षको अवसरमा मनाउन लागेको हिरक जयन्तीमा सम्मानीय राष्ट्रपति आउन लाग्नु भएको विद्यालयको प्रघानाध्यापक डा महेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।  

 सम्मानीय राष्ट्रपति पौडेलले सातजना दाता परिवारको शालिक अनावरण र २३ जनालाई सम्मानित गरिने कार्यक्रम रहेको छ । विद्यालय स्थापनाको लागि प्रेरक वालब्रम्हचार्य दामोदरानन्दको शालिक समेत अनावरण हुनेछ । 

अहिलेसम्म ६९ औ पटक एसइइ वर्षमा परीक्षामा सहभागी भइरहेका छन् भने अहिलेसम्म ६९ हजारले विधार्थी भर्ना भएको यस विद्यालयको नाउँमा १९ विगहा जमीन स्थायी सम्पति रहेको छ । कुनैबेला तीन हजारभन्दा विधार्थी पुगेको यस विद्यालयमा अहिले तेह्र सय विधार्थी अध्ययनरत रहेको छ भने ३२ जना शिक्षक स्टाफहरु कार्यरत रहेका छन् । 

पुर्व उद्योग राज्य मन्त्री दाता परिवारका पद्म नारायण चौधरीले सेवा दिइने शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरुमा राजनीति हुनु हुदैन भन्दै हिरक जयन्तीले विद्यालयको प्रगतिमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

 

 

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A