रोजगारी सृजना गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

  • चैत्र ४, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गर्ने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । शनिबार लहान-७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

'देशलाई रोजगारी सृजना गर्ने शिक्षाको लागि प्राविधिक र समय सुहाउँदो शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।प्राविधिकसँगै सांसकार र संस्कृतिलाई समेत ध्यानमा राखेर समय सुहाउँदो शिक्षा दिन आवश्यक छ',राष्ट्रपति पौडेलले भन्नुभयो ।

लहान जुम्लाहा दाजुभाई सहिद राम लक्ष्मणको भूमि, राजनीतिक चिन्तक प्रदिप गिरी जन्मेको जमस्थल लहान समृद्धि र विकासको लागि अघि बढ्न शिक्षाको माध्यमबाट अघि बढ्न सबैमा उहाँले अह्वान गर्नुभयो । 

दाता परिवारका सात जना र विद्यालय स्थापनाको लागि २००५ सालमा शिक्षा अभियन्ता बाल ब्रम्हचारी दामोदरानन्दको आशालोक समेत रिमोटबाट राष्ट्रपति पौडेलले अनावरण गर्नुभयो । विद्यालयमा योगदान गर्ने विभिन्न क्षेत्रको २३ जनालाई प्रशंसापत्रबाट उहाँले सम्मान गर्नुभयो । 

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने,पूर्व उद्योग राज्य मन्त्री पद्म नारायण चौधरी र सप्तरी -४ का संघीय सांसद तेजुलाल चौधरीले समेत विद्यालय प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयको नाममा १९ बिघा जमीन,१३ सय विधार्थी ३२ जना शिक्षक स्टाफ रहेको यस विद्यालयमा ६९ हजार विधार्थी भर्ना रहेको र ७० औ पटक एसइइमा सहभागिता जनाएको विद्यालयको प्रअ डा महेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । 

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A