अल अमीन नेशनल एकेडेमीमा पुरस्कार वितरण

  • चैत्र २४, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकसत्र २०७९/०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई शनिबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा साईकल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको हो ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एकेडेमीका संस्थापकद्वय मौलाना मुफ्ती अहमद रजा सकाफी र मो. सद्दाम हुसैनले साईकल तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

त्यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकला तथा शिक्षण सिकाईमा राम्रो अंक ल्याउने उत्कृष्ट शिक्षहरुलाई मोवाईल फोन र नगर वितरण गरेको जनाइएको छ ।

विद्यालयका संस्थापक तथा प्रधानाध्यापक मौलाना सकाफिले योग्य, सक्षम, इमान्दार नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताउनु भयो । पुरस्कार वितरणले विद्यार्थीहरुमा मिहेनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउने उहाँले बताउनु भयो ।

photo_2024-04-06_13-56-36 (3)

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि लहान ५ का पूर्व वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै अलअमिन एकेडेमीले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने बताउनु भयो । निजी विद्यालयहरुले विद्यार्थीभित्रका प्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा जोड दिनु भयो । उहाँले विद्यालय आगामी दिनमा थप सफलता हाँसिल गर्ने शुभेच्क्षा प्रकट गर्नुभयो ।

कार्यक्रममा लहान १८ का वडाध्यक्ष मो. समशेर, दारुल ओलुम हनफिया असरफिया लहान-५ का मौलाना हाफिज अताउर रहमान, मदरसा मदिनतुल ओलूमका मौलाना हनान बरकाती, मौलाना अब्दुल खालिक, लहान २ का मौलाना मुस्ताक अहमद, समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी, रेडियो सरगमका संचालक फिरोज शेखलगायतका विद्यार्थी तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।

photo_2024-04-06_13-56-35 (2) photo_2024-04-06_13-56-35 photo_2024-04-06_13-56-35 (3) photo_2024-04-06_13-56-37

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A