लक्ष्मीपुर पतारीमा रोजगार मेला २०८० सम्पन्न

  • चैत २५, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । सिरहाको लक्ष्मीपुर पतारीमा रोजगार मेला-२०८० सम्पन्न भएको छ। जागरण नेपालको प्राविधिक सहयोग तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सिरहामै पहिलो पल्ट रोजगार मेला भएको हो ।

रोजगार मेला कामको खोजीमा रहेका युवा युवतीहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले सिरहा जिल्लामै पहिलो पटक आयोजना गरिएको जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र रायले जानकारी दिनुभयो ।

उहाँले बजारमा दक्ष जनशक्तिको अभाव भए पनि काम नपाएर विदेशिनेको संख्या बढिरहेको अवस्थामा यो रोजगारी मेलाले केही हदसम्म भए पनि सम्बोधन गर्न सकिने धारणा राख्नु भयो ।

photo_2024-04-07_17-40-13

मेलाको उद्घाटन प्रमुख अतिथि लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले गरेका थिए । कार्यक्रमको समुद्घाटन गर्दै अध्यक्ष ठाकुरले यस मेलाबाट बेरोजगार युवा युवतीलाई केही भएपनि रोजगारको अवसर मिल्ने बताउनु भयो । उहाँले श्रम बजारमा रहेको रोजगारीको मिसम्याच समस्या समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रमले सघाउने धारणा राख्नु भयो ।

कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिकाकी उपाध्यक्ष अमरकला यादव, प्रमुख प्रशासकिय अधिकृत दुःखी कापड, प्रशासन शाखा प्रमुख धनिकलाल यादव, रोजगार संयोजक प्रमुख प्रकाश कुमार चौधरी, रोजगारी अभियानकर्ता संजीव निरौलालगाय वडाध्यक्षहरुले यस्ता मेलाहरुबाट बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताउनु भएको थियो । कार्यक्रम संचालन लक्ष्मीपुर पतारी गाउँपालिकाका योजना प्रमुख चन्देश्वर यादवले गरेका थिए ।

भैरहवा, बुटवल, इटहरीलागायतका ठाउबाट ५ वटा रोजगारदाता कम्पनीहरुको उपस्थिति रहेको मेलामा रोजगारीका लागि २ सय भन्दा बढी युवा युवतीहरुले निवेदन दिनएका थिए ।

photo_2024-04-07_17-39-55 photo_2024-04-07_17-40-00 photo_2024-04-07_17-40-05 photo_2024-04-07_17-40-09 photo_2024-04-07_17-40-17

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A