आज सलहेस फूलवारी मेला, शौचालय नहुँदा मेला भर्न आएका भक्तजनलाई सास्ती

  • वैशाख १, २०८१
  • समृद्धिपथ
alt

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजनहरुलाई शौचालय नहुँदा ठूलो सास्ती खेप्नु परेको छ ।
लहानको मुख्य चोकदेखि चार किलोमिटर पश्चिम दक्षिणमा रहेको सलहेश फूलवारी मेला भर्न भारतका विभिन्न प्रान्तबाट हजारौको संख्यामा दुई दिन अघि नै आउने भक्तजनहरुलाई फूलवारीमा भूँईमा सुत्नुपर्ने, फूलवारीमा वग्ने पानी खानुपर्ने, अन्धयाँरोमा राती काट्नुपर्ने बाध्यता त हुन्छ नै सबभन्दा ठूलो समस्याको रुपमा शौचालय रहेको छ ।

भारत विहारको दरभंगा जिल्लाबाट आउनु भएका डा. सञ्जीव रञ्जन भन्नुहुन्छ, प्रत्येक वर्ष मधुवनी र दरभंगा जिल्लाबाट दस हजारभन्दा वढी भक्तजनहरु सलहेसको दर्शन गर्न आउने गरेका छन। यस ठाँउमा सुरक्षितबास, शुद्धखानेपानी र शौचालयको वयवस्था भइदिए यो संख्या बढने छ ।

अर्का भक्तजन शोभा देवी पासवान बताउछ- काखे बच्चा लिएर मुण्डन गराउन दुई दिन अघि नै आए, राती अन्ध्यारोमा भूँईमा सुत्नुपर्छ, खुल्ला ठाँउमा शौच गर्नुपर्ने समस्याले सास्ती भएको छ ।

बैशाख १ गते लाखौको संख्यामा मेला भर्न आउने भक्तजनहरुको घुइच्चो लाग्ने यस सलहेस फूलवारीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न हरेक राजाीतिक सामाजिक मञ्चहरुमा यसको बखान भएपनि शौचालय र सुरक्षित बासको व्यवस्था हुन नसक्नु विडम्वना भएको स्थानीयहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।

यता लहान नगरपालिकाले सलहेस फूलवारी, राजदेवी मन्दिर, पकडियागढ, मानिकदह र ब्रम्हान स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने भन्दै गर्दा सलहेस फूलवारीमा शौचालयको व्यवस्था गर्न ध्यान नजानु बिडम्वना भएको पत्रकार शिव कुमार साहको भनाई रहेको छ ।

जैविक विविधताले भरिपूणर् फूलवारीधाममा हरेक वर्ष बैशाख १ गते मात्र फूलवारीभित्रको मन्दिर अगाडिको हारमको रुखमा अलौकिक रुपमा फूल्ने फूल भएकोले भक्तजनहरुको अवलोकनको मुख्य आकर्षणको केन्द्र बन्ने गरेको छ ।

सय फूलवारीलाई लोकनायक सलहेसको फूल टिप्ने प्रणयस्थल मानिन्छ । यो ठाँउ वि. स. १३२५ मा राजा सलहेस र उनकी प्रेमिका कुसमा मालिनिको प्रेम विछोडको स्थलको रुपमा थियो । सलहेस र मालिनी त्यहि फूलवारीमा विचरण गर्दथे । हरेक वर्ष बैशाख १ गते फूलवारीभित्र रहेको हारमको रुखमा मालाको रुपमा एक दिन मात्रै देखापर्ने फूल सलहेस र मालिनीको प्रेमको प्रतिक हो भन्ने जनविश्वास झाँगिदै गएको छ ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A