मधेश विकास नहुनुको प्रमुख कारण अपसी अन्तर विरोध : उपप्रधानमन्त्री महासेठ

  • वैशाख १, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तराई मेधशको विकास आपसी अन्तर विरोधका कारण हुन नसकेको बताउनुभएको छ ।

लहानमा शुक्रबार लहान एक्सपो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले विकास निर्माणको काममा कुनै पनि राजनीति नगरी पार्टीगत स्वार्थबाट अघि उठ्नु पर्ने धारणा राख्नु भएको हो ।

उहाँले आफू मधेशबाट प्रतिनिधित्व गर्ने भएकोले बजेट र सडक पूर्वाधारमा सिरहा जिल्लालाई विशेष प्राथमिकतामा राखि आगामी बजेट विनियोजन गर्ने बतानु भयो ।

उपप्रधानमन्त्री महासेठले मधेश प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले त्यस तर्फ पनि ध्यन दिन जरुरी रहेको भन्दै तराई मेधशको सम्पूणर् समस्या समाधानका लागि वर्तमान सरकार लागि परेको विश्वास दिलाउनु भयो ।

उहाँले अहिलेको सरकार देश र जनता प्रति सचेत र जिम्मेदार रहेकोले हिजोका सरकारले गरेका कमी कमजोरीहरुलाई सच्याएर सरकार प्रतिको विश्वास बढाउने धारणा राख्नु भयो ।

उद्घाटन कार्यक्रममा संघीय सांसदहरु लीलानाथ श्रेष्ठ, रामशंकर यादव, गंगा प्रसाद यादव र प्रकाश अधिकारी, पूर्वमन्त्री अजय शंकर नायक, नेपाली काङ्ग्रेस सिरहाका सभापति रामचन्द्र यादव, मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह कोइरी, प्रदेश सांसदहरु राजेन्द्र प्रसाद चौधरी, सन्जय यादव, जिबछी यादव, ललिता दास, मनोज सिंह, जिसस प्रमुख दिनेश महतो, नेकपा एमालेका प्रदेश अध्यक्ष चनेश्वर मण्डल, लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी, धनगढीमाई नगरप्रमुख शिवशंकर महतो, गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ, भगवानपुर गाउँपालिका प्रमुख उग्र नारायण यादव, पूर्व नगर प्रमुख प्रकाश केसी लगायतको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघ मेला समितिका अध्यक्ष अरुण डालमिया, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदा, संघका पूर्व अध्यक्ष अशोक अमात्य, लहान नगर उपप्रमुख रामचलितर महतो, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता लगायतका वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

लहान मेरी चिल्ड्रेन, एसओएस स्कुल र सिन्धुली पन्चे बाजाका महिला समुहले नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको संचालन सन्तोष सुवेदी र शोभा त्रिपाठीले गरेका थिए ।

समुद्घाटन कार्यक्रम अघि विभिन्न झाँकी सहित विभिन्न संघ संस्था तथा नगरवासीहरुले प्रभातफेरी गरेका थिए ।

photo_2024-04-13_09-13-08

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A