लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको नाममा विकृति तथा लुट भइरहेको छ

  • वैशाख ८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सुरु भएको लहान एक्स्पो मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने जस्तै भएको छ ।

समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ संचालन भएको एक्स्पोमा स्थानीय भाषा, संस्कृति, नृत्य र परम्परागत परिकार, कृषि उपज सामग्रीहरु, सुलभ दर रेटको समग्रीहरूको प्रर्दशन गरि यहाँको मौलिक कला, संस्कृति र व्यापारको उजागर हुने आशा गरेका स्थानीय वुदिजीविहरुले यो महोत्सव विसंगतिलाई प्रस्तुत गरिएको टिप्पणी गरेका छन्।

नाम मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव राखेर आर्थिक लाभको अभिप्रायले स्थानीय सर्वसाधारण ठग्ने काम गरेको महोत्सव अवलोकन गरेका दर्शकहरुले बताएका छन् ।

महोत्सव स्थल प्रवेश गर्दा ढोकैबाट प्रष्टै देखिन्छ, स्टलहरु रित्ता रित्तै । व्यवस्थापन त्यस्तै फितलो । कुन स्थानमा कुन स्टल राख्दा राम्रो हुन्छ भन्ने व्यवस्थापकीय जानकारी र सौन्दर्य बोध नभएर यस्तो भएको हो भने आयोजकहरुले सर्वप्रथम महोत्सव व्यवस्थापन सम्बन्धी तालिम लिनु राम्रो हुने स्थानीय बुद्दिजिवीहरुको भनाई रहेको छ ।

जिल्लामा उत्पादित वस्तु र पहिचानमा सघाऊ पुग्ने मौलिक कलाहरुको प्रदर्शनीमा कमी देखियो । विशेष गरी यस्ता महोत्सवहरु तत्स्थानका ओझेलमा परेका कुराहरु बाहिर ल्याउने, कृषि, पर्यटन, उद्योग, भौतिक र वैज्ञानिक रुपमा छलाङ मार्ने उद्देश्यले एवं चेतना विस्तार गर्ने प्रयोजनले गरिएका हुन्छन् । गर्ने पनि यही नै हो । तर आयोजनका दृष्टिले महोत्सव मात्र रमाइलो र औपचारिकताका लागि गरिएको लहानका राजनीतिक विश्लेषक तथा साहित्यकार जिवछ उदासीको भनाई रहेको छ ।

उहाँले पर्यटन, उद्योग, कला, संस्कृति, ब्यापार, कृषि जस्ता विभिन्न नारा दिएर महोत्सवको आयोजना गरिए पनि खास गरी गीत, संगीत प्रस्तुतीको बोलवाला हुने गरे बताउनु भयो ।

लहान एक्स्पोलाई सहयोग गरेको छ, लहान नगरपालिकाले । ‘कृषि, पर्यटन, उद्योग व्यापार प्रदर्शनी’ शीर्षकमा आयोजना गरिएको एक्स्पोमा हरेक दिन कलाकार ल्याउनेबाहेक अन्य गतिविधि नभएको स्थानीय बताउँछन्।

आयोजकले मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव भनेर दाबी गरे पनि सहर, बजारमा ‘आज फलानो कलाकार आउने’ भनेर मात्रै प्रचार गरिँदै आएको स्थानीय बताउँछन्। ‘यसले स्थानीय उत्पादनलाई प्रोत्साहन होइन, कलाकार आउने विज्ञापन मात्रै गरेको पाइन्छ।’

लहान ८ का समाजसेवी रामनारायण मेहताका अनुसार मेला महोत्सवको नाममा कालोबजारी र गुणस्तरहीन बस्तुहरुको व्यापार हुँदै आएको छ । यस्ता महोत्सवमा प्रवेश टिकटको व्यवस्था गरिन्छ र दर्शकसँग रकम असुलिन्छ । एकातिर प्रवेश वापत रकम असुल्ने र अर्कोतर्फ भित्र प्रवेश गरेपछि बस्तुको मुल्यमा कुनै सीमा नहुने भएपछि सामान खरिदमा कसैको चासो देखिँदैन । मेला भनेको ग्राहकलाई छुट दिनुपर्ने ठाउँ हो । तर यहाँ त लुट भइरहेको भान भएको छ । महोत्सव भनेको लोपोन्मुख कला संस्कृतिको जगेर्ना गर्नुका साथै स्थानीय उत्पादनलाई बढावा दिनु हो भन्ने आयोजकले बुझनु पर्छ ।

मेलामहोत्सवमा विकृति पनि उत्तिकै भित्रिने गरेका छन्। सस्तो लोकप्रियता देखाउनका लागि मेलामहोत्सवमा देखाइने नृत्यले केही क्षण निश्चित व्यक्तिहरू रमाउने गरे पनि यसको असर भने दीर्घकालसम्म पर्ने जानकारहरू बताउँछन्। छाडापनका कारण विकृति बढाएको छ। आयोजकहरू नै भन्ने गर्छन्, विशेष खालका कलाकार नल्याईकन मेलामहोत्सव चल्दैन।

जुनसुकै कार्यक्रमका सकारात्मक र नकारात्मक कुरा हुन्छन्। एक्स्पो महोत्सव आयोजना हुुनुले समुदायका मानिसलाई एकत्रित गराउने र सामाजिक अन्तरक्रिया बढाउने लक्ष्य लिनुपर्छ। यस्ता कार्यक्रमले आर्थिक पाटोमा चलायनमा बनाउनमा सहज पनि हुन्छ। तर लहान एक्स्पोमा त्यसभन्दा ठीक विपरीत भइरहेको पाइन्छ। कलाकार ल्याएर ‘उफार्ने’ मात्रै र स्थानीय सरकारलगायतबाट ‘आर्थिक उपार्जन’ गर्नेबाहेक दोस्रो कुनै उद्देश्य देखिँदैन।

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A