बम पड्काएर लहानमा लुटपाट

  • जेठ २, २०८१
  • समृद्धिपथ
alt

 

२०८१ जेठ ०१, मङ्गलबार

लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ ।

लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए ।

उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो ।

अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र अन्य सामान लुटेर भागेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् ।

हतियारधारी समूह भारतीय रहेको प्रहरीले जनाएको छ । घटनापश्चात् लुटेरा समूहको खोजीमा तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

लुटपाट गर्न पड्काइएको बमको छर्रा लागेर ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले जनाए ।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A