लहानको कलंक : जनप्रतिनिधिको विदेश भ्रमण

  • साउन १६, २०८१
  • समृद्धिपथ
alt

सम्पादकीय


* फिरोज सिद्दिकी

सिरहाको लहान नगरपालिकाका जनप्रतिनिधिहरुको एक समूह नै विदेश भ्रमणमा जानु गम्भीर विषय हो । एकातिर नगरपालिकाको विकास कार्य ठप्प छ भने अर्कोतर्फ जनप्रतिनिधिको विदेश भ्रमणको खर्च र त्यसको स्रोत पनि शंकाको घेरामा परेको छ ।

जनताको पैसाले निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पन्छाएर विदेश जान लाग्नु अत्यन्तै निन्दनीय छ । यस कार्यले नगरपालिकाको कामकारबाहीमा असर पर्ने जनतामा आक्रोश हुनु स्वाभाविक पनि हो ।

विदेश भ्रमणको खर्च कहाँबाट आयो भन्ने प्रश्नको जवाफ जनताले पाउनुपर्छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुप र गैरसरकारी संस्था वाटर एडबाट आर्थिक सहयोगको दाबी भईरहेको छ तर यो दाबीको पारदर्शितामा प्रश्न उठ्नु स्वभाविक हो । यो विदेश यात्रा कुनै विकास कार्यसँग सम्बन्धित छ कि फुर्सदको यात्रा मात्र हो ? यो प्रश्नको जवाफ जनताले पाउनुपर्छ ।

नगरपालिकाका प्रतिनिधिको विदेश भ्रमण जनताको विश्वासघात मात्रै होइन लोकतन्त्रको मूल मर्मविपरीत पनि हो । जनताले उनलाई विदेश घुम्न होइन सेवाका लागि चुनेका हुन् ।

जनताका समस्याप्रति हाम्रा जनप्रतिनिधिहरू कति अनभिज्ञ छन् भन्ने यो घटनाले प्रष्ट पारेको छ । जनताको सेवा गर्न र विकासका काम गर्न जनताले निर्वाचित गरेका हुन् भन्ने बुझ्नुपर्छ । विदेश भ्रमणलाई प्राथमिकतामा राख्नु हुँदैन।

हाम्रो देशको संविधानले हामीलाई धेरै अधिकार दिएको छ, जसमध्ये एउटा सूचनाको हक हो। यस अधिकारको प्रयोग गरी आफ्ना प्रतिनिधिहरू कहाँ गए, कुन प्रयोजनका लागि गए, खर्च कहाँबाट आयो भन्ने कुरा जनतालाई थाहा पाउने पूणर् अधिकार छ ।

यस घटनाबाट हामी सबैले पाठ सिकेर जनताप्रति समर्पित र जनताको सेवामा सदैव तत्पर रहने जनप्रतिनिधि छान्नुपर्छ । आफ्नो स्वार्थका लागि जनतालाई धोका दिने व्यक्तिलाई हामीले चुनाव गर्नु हुँदैन।

यो घटना लहानको मात्रै होइन, सिंगो देशका लागि चेतावनी हो । जनताको हितको रक्षा गर्ने र देशको विकासमा योगदान पुर्‍याउने जनप्रतिनिधिलाई हामीले चुन्नुपर्छ न कि आफ्नो मौज मस्तिका लागि विदेश भ्रमण गर्ने जनप्रतिनिधि ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A