लहानका जनप्रतिनिधिको विदेश भ्रमण र जनआक्रोश

  • साउन २०, २०८१
  • समृद्धिपथ
alt

सम्पादकीय

* फिरोज सिद्दिकी

लहानका जनप्रतिनिधिले हालै आफ्नो थाइल्याण्ड, सिङ्गापुर र मलेसिया भ्रमणका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्तामा गहिरो असन्तुष्टि देखिएको छ । यस असन्तुष्टिको मुख्य कारण जनप्रतिनिधिले आफ्नो व्यक्तिगत मोजमस्ती र यात्रामा नागरिकले तिरेको करको दुरुपयोग नै हो ।

सामाजिक सञ्जालमा प्रश्न उठाउने नागरिकलाई जनप्रतिनिधिले जवाफ दिनुको सट्टा आ-आफ्नो फेसबुक पेजमार्फत आफूले रमाइलो गरेको जानकारी दिदै आएका छन् । यस्तो प्रवृत्तिले जनताको भावनाको अपमान मात्र गर्दैन, जनप्रतिनिधिलाई जनताका समस्या र प्रश्नको वास्ता नगरेको पनि देखाउँछ ।

अर्कोतर्फ नगरपालिकामा जनप्रतिनिधिको गुणगान गर्न केही पत्रकार तथा समर्थकलाई तलव नै दिइने गरेको छ । यी पत्रकार र समर्थकहरूले भ्रमणलाई प्रश्न गर्ने नागरिकलाई गाली गर्ने र मेयरको भ्रमणलाई सार्थक बनाउन विभिन्न पोस्टिङ गरिरहेका छन् । किन न गर्नु नुन खाएपछि गुण त गाउनै पर्छ ।

यो कस्तो कुतर्क हो कि कसैले गल्ती गर्दा मैले पनि गल्ती गरें ? यहाँ गल्तीहरूको प्रतिस्पर्धा हुनु हुँदैन। यदि कसैले गल्ती गरेको छ भने हामीले यो गल्ती गर्नु हुँदैन भनेर सोच्नुपर्छ।

जतिसुकै ठूला पर्खाल र ढोका किन नहोस्, सत्य बन्द हुँदैन। जब समय र परिस्थिति आउँछ, सत्य बाहिर आउँछ। सत्य लुकाउन हजारौं झुटा बयान गर्नुको कुनै अर्थ छैन। केही समयको लागि कुहिरो र बादलले पनि सत्यलाई सताउन सक्छ, तर अन्ततः सत्यको जित हुन्छ। जब तपाईं अरूलाई औंलाहरू देखाउनुहुन्छ, चार औंलाहरू तपाईं तर्फ औंल्याएका छन् भनेर नबिर्सनुहोस्।

यो अवस्था चिन्ताजनक छ। पत्रकारिताको उद्देश्य जनताको आवाज उठाउने र सत्ताको गलियारेमा सत्यतथ्य बाहिर ल्याउनु हुनुपर्छ। तर जब पत्रकारहरूलाई उनीहरूको विचार नियन्त्रण गर्न पैसा दिइन्छ, यसले लोकतन्त्रलाई खतरामा पार्छ।

सार्वजनिक करको दुरुपयोग कुनै पनि हालतमा जायज हुन सक्दैन। जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी बुझेर आफ्नो ऊर्जा र स्रोतसाधन जनताको समस्या समाधानमा लगाउनुपर्छ । जनताले पनि आफ्नो अधिकारप्रति सचेत भएर यस्ता विषयमा आवाज उठाउनुपर्छ ।

अन्ततः हामीले सम्झनुपर्छ कि जनप्रतिनिधिहरू जनताका सेवक हुन्, मालिक होइनन् । जनताप्रतिको जवाफदेहिता उनीहरुको सबैभन्दा ठूलो जिम्मेवारी हो । यदि उनीहरूले यो जिम्मेवारी पूरा गर्न सक्दैनन् भने, उनीहरूलाई आफ्नो पदमा रहने अधिकार छैन।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A