शिलान्यास भएको पाँचवर्ष बित्यो, अझैपनि शीतभण्डार निर्माण कार्य अलपत्र

  • भदौ २, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,भदौ २ गते ।

कृषकहरुले माग गर्दै आइरहेको शीतभण्डार निर्माणको माग पुरा गर्न मधेश प्रदेश सरकारको अनुदान सहयोगमा लहान–११ पडरियामा शीतभण्डार निर्माण कार्यको शिलान्यास भएको पाँच वर्षभन्दा बढी समय बितिसक्दापनि निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।

तत्कालिन प्रदेश न २ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले २०७५ साल फागुन ११ गते एक सार्वजानिक कार्यक्रमकोबीच शिलानयास गर्नु भएको थियो । शीत भण्डार निर्माणको लागि शुभ नारायण कृषि व्यवसायिक फार्म विषणुपुर –१ खुरहुरीया सप्तरीको साझेदारीमा निर्माण कार्य सुरु भएको थियो ।

शीतभण्डार निर्माणको लागि लहान–११ पडरियाको कृषक सुरतलाल चौधरी,जीवन चौधरी,नेपाली चौधरी,सिताराम चौधरी सियाराम चौधरी र प्रकाश चौधरीसँग तीस वर्षको लागि प्रति कठा आठ मन धान दिइनेगरी भाडामा लिएको एक विगहा जग्गामा अधुरो पर्खाल निर्माण कार्य सम्पन्न भएर अलपत्र अवस्थामा रहेको जग्गादाता सुरतलाल चौधरीले न निर्माण कार्य अघि बढेको छ न पाँच वर्षदेखि कुनै भाडा वापतको शुल्क पाउन सकेको बताउनुभयो । ‘अहिलेपनि शीत भण्डार निर्माणको कुनै शुभ सूचना प्रदेश सरकारबाट र निर्माणकर्ता शुभ नारायण कृषि व्यवसायिक फार्मको कुनै व्यत्ति सम्पर्कमा आएकोछ’,उहाँले गुनासो पोख्नुभयो ।
साना किसान सहकारी लहान–११ पडरियाका अध्यक्ष मागैन कामैतले शिलान्यास भएको समयमा सप्तरीको शुभ नारायण कृषि व्यवसायिक फार्मले शीत भण्डार निर्माण गर्ने कुरामा आशङका लागेको अनुभव सुनाउनुभयो । उहाँको अनुसार हामीलाई लागेको आशङका सहि नै सावितभयो । हाम्रो सहकारीसँग सम्झौता गरेको भए शीत भण्डार निर्माण कार्य सम्पन्न भैसकेको हुन्थ्यो । यस कार्यको लागि प्रदेश सरकारबाट कति बजेट दिइएको थियो यसबारे कुनै जानकारीपनि स्थानीयलाई भएन । कृषि भूमि वयवस्था तथा सहकारी मन्त्रीपदमा शिलान्यास गर्नु भएको साहपछि प्रदेश न २ बाट मधेश प्रदेश हुँदा अर्थमन्त्री समेत हुनुभयो । तर, शीत भण्डार निर्माण कार्य अघि बढेनन् अझैपनि अलपत्र छ ।

शीतभण्डार निर्माण कार्य अलपत्र भएपछि लहान नगरपालिका कृषि शाखाले यसको खोजीनीति गर्दा पुरानै सम्झौता अनुसार निर्माणकार्य अघि बढ्ने संभावना कम रहेको लहान–१२ नम्बरका वडाध्यक्ष तथा कृषि संयोजक बद्री नारायण चौधरीले भन्दै मधेश प्रदेशको वर्तमान सरकारका भूमि वयवस्था कृषि तथा सहकारी मन्त्रालयसँग माग गरेको बताउनुभयो ।


शीतभण्डार निर्माणकार्य अलपत्र परेको विषयमा प्रदेशसभामा पटक पटक ध्यान आकर्षण गराउनुको साथै शीत भण्डार निर्माण कार्य अलपत्र छाडने शुभ नारायण कृषि व्यवसायिक फर्मका सञ्चालकलाई कारवाही अगाडि बढाउन माग गरिसकेको प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘गृह वडामा नै रहेको शीत भण्डार निर्माण कार्यबारे विभागीय मन्त्री जनार्धन शर्मा क्षेत्रीसँग छलफल गर्दा उहाँबाट छानविन गरेर कारवाही गर्नुको साथै निर्माण कार्य अघि बढाइने अश्वासन पाएको छु ।’

 

 

नगर उपप्रमुखद्वारा क ...

लहान । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगर उपप्र ...

पद्मोदय फाउन्डेसनद्व ...

फिरोज सिद्दिकी  लहान । अन्तर्राष्ट्रिय अपाङ्ग दिव ...

क्यान महासंघ सिरहा श ...

फिरोज सिद्दिकी  लहान । कम्प्युटर एसोसिएसन नेपाल म ...

लक्ष्मीपुर पतारी वार ...

फिरोज सिद्दिकी  लहान । लक्ष्मीपुर पतारी वार्ड नं. ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A