जीवछ उदासी
लहान समाचारदाता
लहान,भदौ ३ गते ।
लहान नगरपालिका –२४ सलहेस धार्मिक पर्यटकीय क्षेत्र रहेको मानिकदहको उत्तरी डिलमा रहेको झाुटकी गाउँका ५० घरपरिवार सिङिगै गाउँ लालपुर्जाविहिन रहेका छन् भने गाँउकी दुखनी सदायको सिङगै परिवार नागरिकता विहिन रहेको छ । गाउँलेलाई बस्ने जमीनको लालपुर्जा नभएर चिन्तित छन् भने दुखनीको परिवारको पाँचै जनाले नागरिकता नहुँदा सरकारी सुविधा र सामाजिक सुरक्षा भताबाट बञ्चित भएका छन् ।
७० वर्षिय दुखनी सदाय आफू कति दिन नै बाँच्ने ? छोरा राजकुमार सदाय नाति र बुहारीहरु समेत नागरिकता नपाएको पीडाले छटपटाइ रहेको उहाँले पीडा पोख्नुभयो ।‘गाउँमा मेरै उमेरका दस जनाले बृद्धाभत्ता पाँउदा आफू पाउन सकेको छैन् । पञ्चायत कालमा दुई पटक मात्रै मतदान गरेकी छु । गणतन्त्र आएपछि नागरिकता नहुँदा मतदान समेत गर्न पाएको छैन्’, दुखनी सदायले आशु झार्दै व्यथा सुनाउनुभयो ।
दस वर्ष अगाडि पति बनहु सदाय नागरिकता नभएरै बित्नुभयो । आफु लगायत छोरा नाति र बु्हारीहरुको नाग्िरकताको लागि सिरहा सदरमुकाम सिरहा जिल्ला प्रशासन कार्यालय लहान नगरपालिका हरेक निकायमा हारगुहार गरे तर नागरिकता अहिलेसम्म पाउन नसकको दुखनी सदाय थप्नुहुन्छ,‘नागरिकता नहुँदाको पीडाले आँखाको ज्योति गुम्न थाल्यो । चिन्ताले रोगले च्याप्यो । नागरिकता नपाउँदै मृत्यु भयो भने मरेपछि पनि छोरा नाति बुहारीहरुले नागरिकता नपाउने चिन्ताले मरेपछि पनि शान्ति हुने छैन । हाम्रो पीडा कसले सुनि दिने ?’
दुखनीका ४५ वर्षिय छोरा राजकुमार सदायले नागरिकता नहुँदा भारतको पञ्जाव, नेपालको राजधानी काठमाण्डौं मजदुरीको लागि जाँदा ठेकेदारहरुले नागरिकताको प्रतिलिपि माग गरेपछि फर्केर आउनु परेको पीडा सुनाउनुभयो । ‘आमा दुखनी सदाय र पिता बनहु सदायको नागरिकता नहुँदा मैले नागरिकता पाउन सकिन्नँ । अब मेरो दुई छोराहरु राकेश सदाय र मुकेश सदायले समेत पाउन नसक्ने अवस्था आएकोले नागरिकता नपाएपछि बाँचेरपनि मरेतुल्य रहेको महसुस भइरहेको छ’, राजकुमारले पीडा पोख्नुभयो ।
‘उदयपुर जिललाबाट सिरहाको लहान नगरपालिका –२४ मा चालिस वर्ष अगाडि नै मजदूरी गर्न आएको बेला युवा अवस्थामा थियौ । त्यतिवेला कुनै प्रमाण नलिई उदयपुरबाट आएको र मुसहर समुदायले नागरिकता हुनैपर्छ भने खासै चासो दिदैन्थ्यो । नागरिकता टोली गाउँमा आउँदा सनाखतमा बस्ने कोहि नातेदारनहुँदा टोलीमा नागरिकता बनेन् । नागरिकता नभएपछि कुनै काम नहुने छोरा र नाति हुर्केपछि नागरिकताको लागि चारैतिर भौतारी रहेको छु’ दुखनी सदायले नागरिकता नपाएको कारण सुनाउनुभयो ।
दुखनी सदायको परिवारका पाँच जनाले नागरिकता नपाएकोले आउने सेवा सुविधाबाट बञ्चित भइरहेको दुखनीको छिमेकी शिवा सदायले सुनाउँदै नागरिकता बनाउन हरेक प्रयास काम नलागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘दुखनी सदायको परिवार नागरिकता विहिन र सिङगै मुसहर समुदायको ५० घरपरिवार लालपूर्जा विहिन रहेका छन् । शिक्षा स्वास्थ्य रोजगार लगायत हरेक सेवासुविधाबाट बञ्चित यस गाउँका मु्सहर समुदायलाई नगरपालिकाले अन्यत्र सार्ने कुरा सुनेर सिङगै गाउँका मुसहर समुदाय चिन्तित भएका छौं ।’
मानव अधिकारवादी नेता राजकुमार राउतले झुटकीको मुसहर समुदायको हाल बेहाल रहेको बताउनुभयो । उहाँले थप्नुभयो,‘दुखनी सदायको परिवारलाई नागरिकता बनाउन लहान नगरपालिका र विभिन्न दलित समुदायको हक हितमा काम गर्ने संघ संस्थाहरुले समेत पहल थाल्न आवश्यक छ ।’
दुखनी सदायको परिवारलाई नागरिकता दिलाउन वडा कार्यालय लहान नगरपालिकाले समेत पहल थालेर जिल्ला प्रशसानसँग नागरिकता दिलाउन सामुहिक प्रयास गरे त्यसको लागि पहल गर्न दलित जन कल्याण युवा क्लव सहयोग गर्न तयार रहेको क्लवका अध्यक्ष उमेश विसुन्केले विश्वास दिलाउनुभयो ।
सिरहामा २०७८ सालको जनगणना अनुसार लहान नगरपालिकामा आठ हजार ७४८ जनसंख्या रहेको मुसहर समुदाय मध्ये ९९ प्रतिशत सुक्मवासी र नागरिकता नभएको समस्या सयौ घरपरिवारमा रहेको अध्यक्ष विसुन्केले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,‘मुसहर समुदायले नागरिकताबाट किन बञ्चित भइरहेको खोतल्दा नागरिकता टोली आएको बेला होस्ु चाहे जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउन आवश्यक कागजात जुटाउन सुरुमा ध्यान नदिएको, सनाखतमा बस्ने नातेदारलाई पनि कतिको नागरिकता नहुनु, मुसहर समुदायको आवाज सुन्न नागरिकता दिइने निकायहरुले अनसुनी गर्ने र कार्यालय धाउँदा धाउँदै हैरान भएपछि पनि नागरिकता नबन्दा छुटेको देखिएको छ ।’
मुसहर समुदाय सबै नेपालको मूलवासी भएको विवाह भएपछि ससुरालीमा नै बस्ने गरेको नागरिकता लिइनैपर्छ भने कुरालाई महत्व नदिएको र सरकारले पनि मुसहर समुदाय नागरिकताबाट छुट्नु हुँदैन विशेष कार्यक्रम नलियाएकोले अधिकांश मुहर समुदाय अहिलेपनि दुखनी सदाय जस्तै नागरिकताबाट बञ्चित रहेकोले विशेष कार्यक्रम आवश्यक छ,’उहाँले प्रष्टयाउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A