आर्थिक सुधारका १२ वटा माग सहित नेपाल उद्यमी व्यवसायी कल्याण संघले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

  • भदौ १३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघले नेपाल बैंकका गर्भनर र संघिय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय नीतिप्रति कडा आपत्ति जनाउदै संघर्ष समितिले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा संघले नेपाल सरकारले लागू गरेको जनविरोधी आर्थिक नीतिका कारण साना उद्यमी, किसान र गरिब जनता ठूलो संकटमा परेको आरोप लगाएको छ । बैंकको स्वेच्छाचारी व्याज असुली र वित्तीय संस्था तथा लघुवित्त कम्पनीको अत्याधिक दबाबका कारण देशका एक हजार ५ सयभन्दा बढी साना उद्यमीले आत्महत्या गर्नुका साथै धेरै परिवार घरबारविहीन भएको संघको भनाइ छ ।

ज्ञापनपत्रमा संघले ब्याजदर एकल अंकमा (५ देखि ७ प्रतिशतसम्म) हुनु पर्ने, वार्षिक नविकरणको सट्टा पाँच वर्षका लागि कर्जा नवीकरण गर्ने, धितो लिलामी प्रक्रिया रोक्न, ऋणीहरुको ऋण माफीलगायत १२ वटा मुख्य माग राखेका छन् । साथैे बैंकिङ प्रणालीलाई कालोसूचीमा राख्ने प्रक्रिया अन्त्य गरी मिटर ब्याज पीडितको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

संघका अध्यक्ष खडकनारायण चौधरीले आफ्ना मागलाई छिट्टै सम्बोधन नगरे संघले देशव्यापी सङ्घर्ष गर्ने र त्यसको सम्पूणर् जिम्मेवारी नेपाल सरकार र सम्बन्धित निकायको हुने चेतावनी दिएका छन् । ज्ञापनपत्रमा स्थितिमा सुधार नभए मुलुकमा वित्तीय माफियाको वर्चस्व झनै बलियो हुँदै आर्थिक भ्रष्टाचारमा थप वृद्धि हुने समेत उल्लेख छ ।

01 03 02 06

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A