नेपाल वैश्य कल्याण महासंघ सिरहाको प्रमाण-पत्र वितरण तथा सपथ ग्रहण समारोह सम्पन्न

  • भदौ २३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । नेपाल वैश्य कल्याण महासंघ सिरहाले नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण तथा सपथ ग्रहण गराउने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिवार सिरहाको लहानस्थित रौनियार सेवा सदनको सभाहलमा आयोजित समारोहमा नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरण गरि कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल वैश्य कल्याण महासंघ सिरहाका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ता रहेका थिए। कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष अमरनाथ गुप्ता, विभिन्न जातीय जिल्लाका अध्यक्षहरू, लहान नगरपालिकाका पूर्व मेयर तथा नेपाल सौण्डिक समाजका केन्द्रीय अध्यक्ष मुनि साह, नेपाल सुडी समाज जिल्ला कार्यसमितिका महासचिव विजय साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

करीब २४ जातीय अगुवा कार्यकर्ताको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताहरूले वैश्य समुदायको एकता र सामाजिक उत्थानमा जोड दिएका थिए। कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई प्रमाण-पत्र वितरणपछि सपथ ग्रहण गराइएको थियो। कार्यक्रमको सञ्चालन महासंघका सल्लाहकार शंकर प्रसाद गुप्ताले गरेका थिए।

11 photo_2024-09-08_11-06-14 (2) photo_2024-09-08_11-06-14 (3) photo_2024-09-08_11-06-15 12

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A