सिरहामा २९० किलोग्राम गाँजासहित एक व्यक्ति पक्राउ

  • भदौ २३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ स्कुल टोलमा सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ सय ९० किलोग्राम गाँजा फेला पारेको हो।

प्रहरी चौकी कर्जन्हाका प्रहरी सहायक निरीक्षक तेज प्रसाद अधिकारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले शोभा कुमारी साहको घर पछाडिको बारीमा प्लास्टिकका १९ वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३७ वर्षीय प्रदीप मुखियालाई शंका लागी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार गाँजा बेवारिसे अवस्थामा फेला परेको भए पनि घटनासँग संलग्न व्यक्तिहरूको खोजीकार्य जारी रहेको छ। पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जनाएको छ ।

सिरहा क्षेत्रमा लागुऔषधको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले लगातार निगरानी र कारबाही जारी राखेको छ।

प्रहरी निरीक्षकद्वार ...

सिराहा, वैशाख २९ गते । प्रहरी निरीक्षक राज यादवद्वारा प ...

श्रद्धालु भक्तजनलाई ...

फिरोज सिद्दिकी लहान, वैशाख २९ गते । लहान नगरपालिका&nda ...

बजार अनुगमनका क्रममा ...

लहान । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वी ...

नेपाल मुस्लिम इत्तेह ...

फिरोज सिद्दिकी  नेपालगन्ज, वैशाख १९ गते । नेपाल म ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A