फिरोज सिद्दिकी
लहान । “शान्तिको संस्कृति विकास गरौं“ भन्ने मूल नाराका साथ लहानमा ४२औं अन्तर्राष्ट्रिय शान्ति दिवस भव्य रुपमा मनाइएको छ। लहान स्थित रहेको विभिन्न संघसंस्थाको आयोजनामा र्याली, कोण सभा र दीप प्रज्वलन गरी शान्तिको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको हो।
लहानका मुख्य बजार क्षेत्रमा र्याली निकालेर सहभागीहरुले शान्तिको महत्वबारे जनचेतना जगाए। र्यालीपछि भएको कोण सभामा प्रमुख अतिथि लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले शान्ति र स्थायित्वको लागि समाजमा सहिष्णुता, सहकार्य र मेलमिलापको आवश्यकता रहेको औंल्याए। साथै, अहिलेको विश्व परिवेशमा शान्तिको संस्कृति फैलाउनुपर्ने र यसका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापनमा साँझ दीप प्रज्वलन गरि शान्तिको प्रतीकस्वरूप शान्तिका लागि प्रार्थना गरिएको थियो। विभिन्न संघसंस्था, स्थानीय निकाय र नागरिक समाजको सक्रिय सहभागिता रहेको कार्यक्रममा शान्ति र स्थिरता कायम गर्न विशेष रुपमा चर्चा गरिएको थियो।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A