सिरहा । सिरहाको औरही गाउँपालिका–३ खजनपुर टोलमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, ६५ वर्षीय भालेश्वर यादवको आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेपछि उनको मृत्यु भएको हो।
प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार, सोमबार साँझ घरायसी विवादका क्रममा शैलेन्द्र र उनकी पत्नीले भालेश्वरमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भालेश्वरलाई तत्कालै प्रादेशिक अस्पताल सिरहामा लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाने क्रममा राति ११:४० बजे बाटोमै मृत्यु भएको थियो।
घटनापछि प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ। मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ।
शैलेन्द्रकुमार यादवविरुद्ध कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A