दलित जनकल्याण युवा क्लब लहानको १८ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

  • असोज १४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । दलित जनकल्याण युवा क्लब लहानको १८औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार लहान स्थित मारवाडी सेवा सदनको हलमा भएको १८औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनोदकुमार विसुनकेले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउँदै संस्थाले विभिन्न साझेदारी संस्थाहरुसंग गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

दलित जनकल्याण युवा क्लबले स्थानीय अधिकार कार्यक्रम, विकन परियोजना र हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा संस्थाले आगामी दिनमा गर्ने काम र कार्य योजनाको बारेमा समेत जानकारी गराउनु भएको थियो । 

जिल्ला समन्वय समिति सिराहाका अध्यक्ष दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा विशिष्ट अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो, उपमेयर संगीता कुमारी चौधरी, बरीयारपट्टि गाउँपालिकाका उपाध्यक्ष ममताकुमारी यादव, औरही गाउँपालिकाका उपाध्यक्ष रेनुकुमारी यादव, लहानगरपालिका वार्ड नं २२ का वडा अध्यक्ष श्याम अधिकारी, नेपाल पत्रकार महासङ्घ सिराहाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगायतका सहभागीहरूले आआफ्नो धारणा राखेका थिए। 

संस्थाका अध्यक्ष उमेशकुमार विसुनकेको अध्यक्षता तथा एमसीसी, एक्सन एड, द फ्रिडम फन्ड र वाटर एडको सहकार्यमा सम्पन्न कार्यक्रममा संस्थाले जीविकोपार्जनको लागि सहयोग गरेकाहरुले आफूले गर्ने व्यवसायको प्रदर्शनी पनि गरेका थिए। 

4b641d97-3029-4e2d-97fe-105f9785861d 49bb7317-e335-48de-b7ff-20541624be60 7667c49b-8f2c-4f7f-a24e-60270728dd91

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A