जीवछ उदासी
यदि झिझिया सहि हो भने लहानको भाइरल बाबा पनि सहि हो । एउटा विकृति र अर्को संस्कृति । अन्धविश्वास र विकृतिलाई बढावा दलित विपन्न समुदायले चेतनाको आभावमा दिइरहेको छ भने केहि समुदाय विकृतिलाई संस्कृति हो भनेर भ्रमको खेति गरेर दुनो सोझ्याउदैछ । समाजको प्रगति ज्ञान विज्ञानबिना संभव छैन् । समाजमा धर्म र जातिको जहर घोल्नेहरु विकृतिलाई मलजल गरेर गरीव विपन्नलाई सधै गरीव र विपन्न बन्न भाग्यले नै हो भने बुझाउन खोजिरहेको छ जब कि यो सत्य होइन् ।
देशमा गणतन्त्र र संघीयता किन ल्यायौ यहि विकृतिको सहारामा शासन गर्नेहरुको मनोवल बढाउनलाई । एकपटक गम्भीर भएर सोचौ । शिक्षा स्वास्थ्य रोजगार र आवासको लागि छटपटााई रहेका गरीव विपन्नको समस्या यहि पुरानो थोत्रो विकृति वोकेको यो संस्कृतिबाट संभव छैन् । मधेस प्रदेशमा बोक्सीप्रथाको कारण कतिलाई विष्टा खुवाएर अपमान गरियो । दाइजो प्रथाको कारण महिला हिंसा सनसनी रुपमा बढयो । देशको मुहार फेर्ने संभावना बोकेको मधेस प्रदेश विकृतिबाट जेलिएपछि समस्या समाधान हुनुको सट्टा जिउँकोतिँउ छ ।
लहान परिवर्तनको पक्षमा सधैं अहम भूमिका खेलेको लहान नगरीमा १९ हजार दलित समुदाहरु छन् । ९९ प्रतिशत मुसहर समुदाय सुकुम्वासी छन् । शिक्षा स्वास्थ्य र रोजगारीको कहरमा छ । दसैमा झिझिया चर्चा अहिले ती मुसहर समुदायको बस्तीमा लहर पक्रेको छ । सारा चेलीबेटी डाइन जोगिनको भूमिका र महत्व झल्किने झिझिया गीतमा व्यस्त छन् । तीमुसहर समुदायका मानिसहरुलाई सर्पले टोक्दापनि धामीझाक्रीको शरणमा परेर मृत्युको मुखमा परिरहेको छ ।
लहान-१ मा रामवृक्ष साह भाइरल बाबा बनेर अहिले जय गोविन्दको महिमा मण्डन गरेर तीन पुरिया आयुर्वेदिक औषधी दिएर प्रति व्यक्ति १५ सयको दरले कमाई गरिरहेको छ । झिझियाको बढावा दिइने कार्य मधेस प्रदेशको राजधानी जनकपुरमा नै गर्ने कुराले छक्क परेको छु । झिझिया र भाइरल बाबा जस्ता विकृति र अन्धविश्वासको बढावा दिइनेहरु कतै न कतै प्रगतिको बाधक हो ।
अन्ततः, समाजको वास्तविक प्रगति शिक्षा, स्वास्थ्य, रोजगारी र वैज्ञानिक चेतनामा निर्भर छ। यस्ता विकृतिहरुलाई चुनौती दिँदै अघि बढ्न नसक्ने समाज कहिल्यै पनि समृद्ध हुन सक्दैन।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A